६ करोड ९६ लाख खर्च, ३ हजार ५२५ जनाले पाए सहुलियत « रिपोर्टर्स नेपाल

६ करोड ९६ लाख खर्च, ३ हजार ५२५ जनाले पाए सहुलियत « रिपोर्टर्स नेपाल

हेटौँडा । वाग्मती प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ मा क्यान्सर रोगको उपचारमा ६ करोड ९६ लाख ८८ हजार ६६५ रुपैयाँ खर्च गरेको छ। प्रदेश सरकारले सञ्चालन गरेको सहुलियतपूर्ण उपचार कार्यक्रममार्फत उक्त रकम खर्च भएको हो।

प्रदेश स्वास्थ्य मन्त्रालयका अनुसार गत आर्थिक वर्षमा प्रदेशभर ३ हजार ५२५ जना क्यान्सरका बिरामीले सहुलियतपूर्ण उपचार सेवा लिएका छन्। उपचारका क्रममा ७ जना बिरामीको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

क्यान्सर तथा हृदयघातका बिरामीलाई उपचारमा आर्थिक सहयोग गर्ने प्रदेश सरकारको कार्यक्रमप्रति नागरिकको माग बढ्दै गएको छ। तर, चालु आर्थिक वर्षमा भने मुटु रोग तथा हृदयघातका बिरामीको उपचारका लागि छुट्याइएको बजेट अघिल्लो वर्षको तुलनामा घटेको छ।

बजेट सीमित भए पनि स्वास्थ्य उपचारमा दिइँदै आएको सहुलियत कार्यक्रमलाई निरन्तरता दिने प्रदेश सरकारको तयारी छ। वाग्मती प्रदेशका स्वास्थ्य तथा सामाजिक विकासमन्त्री गिरबहादुर तामाङले आर्थिक अभावकै कारण कुनै पनि नागरिक उपचारबाट वञ्चित हुन नहुने बताएका छन्।

पाठेघरको मुखको क्यान्सरमा थप ५० हजार सहयोग

प्रदेश सरकारले महिलामा हुने पाठेघरको मुखको क्यान्सरको उपचारमा थप आर्थिक सहयोगसमेत उपलब्ध गराउँदै आएको छ। संघीय सरकारले दिने एक लाख रुपैयाँ उपचार सहयोगमा प्रदेश सरकारले थप ५० हजार रुपैयाँसम्म उपलब्ध गराउने व्यवस्था गरिएको मन्त्री तामाङले जानकारी दिए।

यसअनुसार पाठेघरको मुखको क्यान्सर भएका महिलाले संघीय सरकारबाट पाउने सहयोगबाहेक प्रदेश सरकारबाट समेत थप रकम प्राप्त गर्न सक्नेछन्।

क्यान्सरजस्तो गम्भीर रोगको उपचार महँगो हुने र लामो समयसम्म उपचार गर्नुपर्ने अवस्थाका कारण आर्थिक रूपमा कमजोर बिरामीलाई सहुलियत उपलब्ध गराउने कार्यक्रमलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको जनाएको छ।

बजेटमा केही संकुचन आए पनि उपचार सहुलियतलाई निरन्तरता दिने सरकारको प्रतिबद्धताले प्रदेशका क्यान्सर तथा हृदयघातका बिरामीलाई राहत पुग्ने अपेक्षा गरिएको छ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
यो पनि पढ्नुहोस् :  भरतपुर अस्पतालमा पनि स्वर उपचार सेवा « रिपोर्टर्स नेपाल
लेखकसँग सम्बन्धित खबरहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 7   +   6   =