स्वास्थ्य सूचक तथा कार्यसम्पादन मूल्याङ्कनमा नीलकण्ठ नगरपालिका धादिङ जिल्लामै प्रथम

स्वास्थ्य सूचक तथा कार्यसम्पादन मूल्याङ्कनमा नीलकण्ठ नगरपालिका धादिङ जिल्लामै प्रथम

धादिङ,२७ असोज
स्वास्थ्य सेवा, स्वास्थ्य सूचकहरूको अवस्था तथा कार्यसम्पादन मूल्याङ्कनमा उत्कृष्ट प्रदर्शन गर्दै नीलकण्ठ नगरपालिका धादिङ जिल्लामै प्रथम भएको छ। जनस्वास्थ्य कार्यालय धादिङले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठीका अवसरमा नगरपालिकालाई प्रशंसापत्र प्रदान गरीएको हो ।
बागमती प्रदेश सरकार, स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य निर्देशनालय र जनस्वास्थ्य कार्यालय धादिङको आयोजनामा सम्पन्न कार्यक्रममा जिल्लाभित्रका स्थानीय तहहरूको प्रमुख स्वास्थ्य सूचक तथा अन्य पक्षहरूको मूल्याङ्कन गरिएको थियो। उक्त मूल्याङ्कनमा नीलकण्ठ नगरपालिकाले उत्कृष्ट नतिजा हासिल गर्दै पहिलो स्थान प्राप्त गरेको हो।
नीलकण्ठ नगरपालिकाले ७७.५५ अंक ल्याएर प्रथम स्थान हासिल गरेको हो । यसैगरी बेनिघाट रोराङ गाउँपालिकाले ६५.६८ प्रतिशत अंक ल्याएर दोस्रो स्थान हासिल गरेको छ भने त्रिपुरासुन्दरी गाउँपालिकाले ६१.०६ अंकको साथ तृतीय हुन सफल भएको छ ।प्रथम हुन सफल नीलकण्ठ नगरपालिकाका बरिष्ठ जनस्वास्थ्य अधिकृत विष्णु प्रसाद रिजाललाई कार्यक्रमका प्रमुख अतिथी जिल्ला समन्वय समितिका उप प्रमुख कुलमान विक र विशेष अतिथी प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय(गौतम)ले प्रमापणत्र प्रदान गरी सम्मान गर्नुभएको हो ।

नीलकण्ठ नगरपालिकाले स्वास्थ्य क्षेत्रका कार्यक्रमलाई प्राथमिकतामा राख्दै आएको सन्दर्भमा प्राप्त यो सम्मानले आगामी दिनमा स्वास्थ्य सेवा थप प्रभावकारी बनाउने जिम्मेवारीसमेत बढाएको छ। स्वास्थ्यसम्बन्धी कार्यक्रमलाई परिणाममुखी बनाउँदै नागरिकको स्वास्थ्य अवस्था सुधार गर्न स्थानीय तह, स्वास्थ्यकर्मी तथा सम्बन्धित निकायबीचको समन्वय महत्वपूर्ण रहने रिजालले नीलकण्ठ एफएमलाई जानकारी दिनुभएको छ ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
यो पनि पढ्नुहोस् :  नीलकण्ठका ४१ सहकारीका कर्मचारीलाई दुई दिने क्षमता विकास तालिम
लेखकसँग सम्बन्धित खबरहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 2   +   3   =