सामुदायिक साना किसान सहकारी नलाङको १९औँ वार्षिक साधारणसभा तथा पाँचौँ अधिवेशन सम्पन्न

सामुदायिक साना किसान सहकारी नलाङको १९औँ वार्षिक साधारणसभा तथा पाँचौँ अधिवेशन सम्पन्न

धादिङ, १५ कात्तिक । धादिङको सिद्धलेक गाउँपालिका–२, नलाङस्थित सामुदायिक साना किसान कृषि सहकारी संस्था लिमिटेडको अध्यक्षमा चेतनाथ सिलवाल सर्वसम्मत चयन हुनुभएको छ।

शनिबार सम्पन्न संस्थाको १९औँ वार्षिक साधारणसभा तथा पाँचौँ अधिवेशनले सिलवालको अध्यक्षतामा नौ सदस्यीय नयाँ सञ्चालक समिति चयन गरेको हो।

समितिको उपाध्यक्षमा देवकी श्रेष्ठ चयन हुनुभएको छ। सदस्यमा ईश्वरी अर्याल, एकबहादुर राना, ध्रुव अर्याल, जनक श्रेष्ठ, रामबाबु दुवाडी, मीना गिरी र उमादेवी थापामगर चयन हुनुभएको छ।

अधिवेशनले भगवान भट्टको संयोजकत्वमा तीन सदस्यीय लेखा सुपरिवेक्षण समितिसमेत चयन गरेको छ। समितिका सदस्यमा सरोज तिमल्सिना र बद्रीप्रसाद अर्याल रहनुभएको छ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
यो पनि पढ्नुहोस् :  युनाइटेड क्लबको देउसीभैलोबाट विपद् कोषमा सहयोग जुटाइँदै, कार्यक्रमअघि नै जुट्यो एक लाख रुपैयाँ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 2   +   3   =