Home राजनीति प्रदेशमा विशेष अधिवेशन आह्वान गर्न एमाले र माओवादीले बुझाए प्रदेश प्रमुखलाई पत्र

प्रदेशमा विशेष अधिवेशन आह्वान गर्न एमाले र माओवादीले बुझाए प्रदेश प्रमुखलाई पत्र

9
0
कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङलाई नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेकपा (माओवादी केन्द्र) ले प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई दिएको समर्थन फिर्तासहित चार छुट्टाछुट्टै पत्र आज संयुक्तरुपमा बुझाएका छन् ।
प्रदेश प्रमुख खापुङलाई एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की र माओवादी केन्द्रका संसदीय दलका इन्द्रबहादुर आङवोले ५२ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित उक्त पत्रहरु  बुझाउनुभएको हो ।
प्रदेश प्रमुख खापुङलाई उहाँहरुले एमाले संसदीय दलका नेता कार्कीको नेतृत्वमा नयाँ सरकार गठन, प्रदेशको विशेष अधिवेशन आह्वान गर्न, वैकल्पिक सरकार गठन र समर्थन फिर्ताको गरी चार पत्र बुझाउनुभयो ।
प्रदेश प्रमुख खापुङले पत्र बुझ्दै आवश्यक कानुन सरसल्लाहबाट चाँडै संसद्को विशेष अधिवेशन आह्वान गर्ने बताउनुभयो ।
विपक्षी दलहरुले विशेष अधिवेशन आव्हान गरिसकेपछि कोशी प्रदेश सरकारले आउदो २०८१ जेठ ११ गते नियमित अधिवेशन आव्हानका लागि प्रदेश प्रमुख समक्ष निवेदन दर्ता गराएको छ ।
संविधानको धारा १६८ को उपधारा ५ अनुसार आफ्नो सरकार गठन भएकाले सरकार पनि नछाड्ने र विश्वासको मत पनि नलिने कोशी प्रदेश सरकारले बताउदै आएको छ । संविधानको मुल्य मान्यताको पालना र संघियता कार्यान्वयनका लागि अल्पमतमा परिसकेपछि मार्गप्रशस्त गर्नु नै उपयुक्त हुने राजनैतिक विश्लेषक प्रा. कृष्ण पोखरेल बताउनु हुन्छ ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
Previous article‘पुष्पा-२’ को नयाँ टिजर अल्लु अर्जुनको फरक लुक्स
Next articleनेशनल मेडिकल कलेजमा म्याद गुज्रिएको केमिकल भेटिएपछि प्रबन्ध निर्देशक र ल्याब प्रमुख पक्राउ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here