Home समाचार बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

7
0

तुलसीपुरबाट काठमाण्डौ जाँदै गरेको ना ६ ख १४८६ नम्बरको रात्री बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

गोग्लीबाट घोराहीतर्फ जाँदै गरेको लु ४१ प ८०९२ नम्बरको मोटरसाइकललाई बसले ठक्कर दिँदा घोराही उपमहानगरपालिका-१७ निवासी २३ बर्षीय सौगात ओलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख किरणप्रकाश मल्ले जानकारी दिनुभएके छ ।

मोटरसाइकलमा सवार रहेका तुलसीपुर उपमहानगरपालिका-११ बेलदमारका वर्ष ३५ का शरद लामिछाने गम्भिर घाइते भएका छन ।

घोराही उपमहानगरपालिका-१७ बेलभार, सिस्नेखोलाको ओरालोमा बसले मोटरसाइकललाई ठक्कर दिएको थियो ।

बस चालक प्रहरी नियन्त्रणमा रहेका छन् ।।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
Previous articleरास्वपाको प्रस्तावमा काँग्रेसको समर्थन,सम्पत्ति छानबिन आयोग गठन गर्न सदनमा प्रस्ताव दर्ता
Next articleएक करोडको लागतमा प्रसूतिसेवा भवन निर्माण

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here