सहकारीका कारण नेपालको अर्थतन्त्रमा सुस्तता आएको हो : नेता पौडेल

नेपाली कांग्रेसका केन्द्रिय सदस्य प्रदीप पौडेलले सहकारी समस्याका कारण नेपालको अर्थतन्त्रमा सुस्तता आएको बताउनुभएको छ ।
नेपाल विद्यार्थी सङ्घको केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने गण्डकी प्रदेशका विद्यार्थीले आज यहाँ आयोजना गरेको नयाँ वर्ष २०८१ को शुभकामना आदानप्रदान कार्यक्रममा नेता पौडेलले सहकारीका कारण नेपालको अर्थतन्त्रमा समस्या आएको बताउनुभयो ।
“नेपालको अर्थतन्त्र सहकारीभित्रको अव्यवस्थितताले सुस्त भएको हो, नेपालको आर्थिक प्रणालीसँग जोडिएको विषयलाई कांग्रेसले संसद्मा सशक्त ढङ्गले उठाउन खोजेको हो, यो गृहमन्त्रीको विषयमात्र होइन, ७३ लाख जनतासँग जोडिएको समस्या हो”, उहाँले भन्नुभयो ।
नेता पौडेलले विगतको समयमा जस्तो अहिले विद्यार्थी आन्दोलन सशक्त ढङ्गले अगाडि नबढेको उल्लेख गर्नुभयो । उहाँले विद्यार्थी आन्दोलनलाई शैक्षिक मुद्दा र जनजीविकासँग जोड्न आग्रह गर्नुभयो । “जुन सङ्गठनले आफ्नो सैद्धान्तिक मुद्दालाई स्पष्ट ढङ्गले प्रस्तुत गर्न सक्दैन, त्यो सङ्गठन सामाजिक सङ्गठन हुन सक्दैन”, नेता पौडेलले भन्नुभयो ।
नेविसङ्घका पूर्वअध्यक्ष समेत रहनुभएका पौडेलले शैक्षिक मुद्दालाई नेविसङ्घले आफ्नो एजेण्डामार्फत सूत्रबद्ध गरेर अगाडि बढ्न जरुरी रहेको बताउनुभयो ।
नेवि सङ्घका केन्द्रीय सदस्य सन्तोष गुरुङले गण्डकी प्रदेशभित्र सङ्गठन विस्तारमा लाग्नुपर्ने बताउनुभयो । कार्यक्रममा नेविसङ्घका नेताहरु सुवास पौडेल, पुजन गन्धर्व, डा कला पन्त, सुदीप अधिकारी, सुवास घिमिरेलगायतले नेविसङ्घलाई विद्यार्थीको हक, हित र अधिकारमा प्रयोग गर्दै नयाँ ढङ्गले सङ्गठन अगाडि बढाउन जरुरी रहेको उल्लेख गर्नुभयो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ फाल्गुन ११, सोमबार २०:४०सर्लाही-४ का लागि कांग्रेस सभापति थापाको प्रतिज्ञा पत्र
समाचार२०८२ फाल्गुन ११, सोमबार १९:०५रुवीभ्यालीमा रमेश धमला : भीरमौरीको मह ब्राण्डिङ देखि पर्यटन हवसम्म(यस्ता छन् रुवीभ्याली विकासको योजनाहरु)
समाचार२०८२ फाल्गुन ११, सोमबार १६:३३दुर्घटनामा मृत्यु भएका १९ जनामध्ये १३ जनाको सनाखत (नामसहित)
खेलकुद२०८२ फाल्गुन ११, सोमबार १६:०६साम्बाद्वारा जटिल शल्यक्रियाका लागि आर्थिक सहयोगको अपिल








