नयाँ वर्षका अवसरमा शुभकामना आदानप्रदान एवम् शैक्षिक सामाग्री सहयोग

नयाँ वर्षका अवसरमा शुभकामना आदानप्रदान एवम् शैक्षिक सामाग्री सहयोग

इम्ब्रोइडरी एण्ड गार्मेन्ट एशोसिएसन(एगा) पोखराले नयाँ वर्ष २०८१ का अवसरमा शुभकामना आदानप्रदान एवम् शैक्षिक सामाग्री सहयोग गरेको छ ।
पर्यटकले चिनारीका रुपमा लैजाने सामाग्रीका माध्यमबाट विश्वव्यापी रुपमा पोखरा सहित नेपालको पर्यटन प्रवद्र्धनमा योगदान दिदै आएको संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं १ भारतीडाँडास्थित परशु आधारभुत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग गरिएको एगा पोखराका अध्यक्ष इन्द्र भण्डारीले जानकारी दिनुुभयो । संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत वर्षेनी यस किसिमका कार्यक्रमलाई निरन्तरता दिदै आएको उहाँले बताउनुुभयो ।
नयाँ वर्षका अवसरमा होटेल लेक सोरमा आयोजित कार्यक्रममा अध्यक्ष भण्डारीले उत्पादनमा आधारित भएर एगाले विश्वमाझ नेपालको पर्यटन प्रवद्र्धन गरिरहेको बताउनुुभयो । पोखरा पर्यटन परिषद्का साथै पर्यटन सम्बद्ध संघ संस्थाका पर्यटन प्रवद्र्धनका कार्यक्रममा संस्थाको निरन्तर रुपमा सकृय सहभागिता रहने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रमका प्रमुख अतिथि एवम् पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले पछिल्ला समयमा पोखरामा बढेको पर्यटकहरूको आकर्षणले उत्साह थपेको बताउँदै २०८१ सालमा २० लाख पर्यटक पोखरा आउने विश्वास व्यक्त गर्नुुभयो । पर्यटन प्रवद्र्धनका साथै सामाजिक उत्तरदायित्वका क्षेत्रमा एगा पोखराले खेल्दै आएको भूमिकाको उहाँले प्रशंसा गर्नुुभयो ।
एगा पोखराका सल्लाहकार एवम् पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष चिरञ्जिवी पोखरेलले नयाँ वर्ष २०८१ ले पर्यटन व्यवसायीमा थप उमङ्ग र उत्साह ल्याउने बताउँदै सबैमा व्यवसायिक सफलताको शुभकामना व्यक्त गर्नुभयो ।
एगा पोखराका अध्यक्ष भण्डारीको सभापतित्व एवम् सचिव गीता ढकाल (पौडेल)ले सञ्चालन गर्नुभएको कार्यक्रममा स्वागत उपाध्यक्ष गोकर्ण लम्सालले गर्नुभएको थियो । कार्यक्रममा एगा पोखराका निवर्तमान अध्यक्ष विश्वराज पोख्रेल, कार्यक्रम संयोजक एवम् कोषाध्यक्ष माया सुवेदी, सद्भाव समिति सदस्य गोविन्द अधिकारी, रासस गण्डकी प्रदेश प्रमुख वासुदेव पौडेल लगायतले शुभकामना व्यक्त गर्नुुभएको थियो ।

लेखकको बारेमा

बिष्णु प्रसाद बरालपोखरामा रहेर पत्रकारितामा सक्रिय बराल असल खबर डटकमका सम्वाददाता हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *