सुनको मूल्य प्रतितोला दुई हजार दुई सयले घट्यो

स्थानीय बजारमा पहेँलो धातु सुनको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार गत शुक्रबारको तुलनामा आज छापावाल सुन प्रतितोला रु दुई हजार दुई सयले घटेर एक लाख ३६ हजार आठ सय कायम भएको छ ।
त्यस्तै तेजावी सुनको मूल्य पनि प्रतितोला रु दुई हजार दुई सयले घटेर रु एक लाख ३६ हजार एक सय ५० कायम भएको छ । महासङ्घका अनुसार आज चाँदीको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला रु ५० ले घटेर रु एक हजार सात सय कायम भएको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ फाल्गुन २१, बिहीबार २२:२८प्रधानमन्त्री कार्कीद्वारा जनतालाई बधाई
समाचार२०८२ फाल्गुन २१, बिहीबार २०:११धादिङमा ५८ प्रतिशत मतदान, महिलाको सहभागिता ५७ प्रतिशत
समाचार२०८२ फाल्गुन २१, बिहीबार १८:४५धादिङमा निर्वाचन शान्तिपुर्णः ५० दशमलव २९ प्रतिशत मत खसेको प्रारभ्भिक अनुमान
समाचार२०८२ फाल्गुन २१, बिहीबार १७:०१मतदानको समय सकियो,मतदान केन्द्र भित्र प्रवेश गरेका मतदाताले भने अबेरसम्म मतदान गर्न पाउने






