दीपाश्री,केकी,मलिका,दयाराम लगायत गृहसचिव,सिडीओले गरे बृक्षारोपण

काठमाडौं । बरिष्ट फिल्म निर्देशक दयाराम दाहाल,अभिनेत्री,निर्देशक दीपाश्री निरौला,अभिनेत्री,पत्रकार,निर्देशक लक्ष्मण सुवेदी, निर्मात्री केकी अधिकारी,अभिनेत्री मलिका महत,गायक युवराज चौलागाई तथा गायिका सुनीता दुलालका साथमा गुहसचिव,काठमाडौ सिडियो,कानूनविद् तथा संचारकर्मीहरुले सोमबार बिहान पशुपति क्षेत्रको मृगस्थली जंगलमा बृक्षारोपण गरेका छन् । उनीहरुले ‘जन्मदिनलाई सत्कर्ममा जोडौं’ भन्ने तराई बिकास तथा संचार केन्द्र नेपालले केही समयअघि रौतहटबाट सुरु गरेको अभियानमा साथ दिदै बृक्षारोपण गरेका हुन् ।
गृह सचिव एकनारायण अर्यालको प्रमुख आथित्यतामा सम्पन्न बृक्षारोपण कार्यक्रममा आयोजक संस्थाका अध्यक्ष बरिष्ट पत्रकार गोबिन्द चौलागाईंले हरेक ब्यक्तिले आफ्नो जन्मदिनको दिन कम्तीमा एउटा मात्रै पनि बिरुवा रोप्ने गर्यो भने वातावरण सन्तुलनमा ठूलो टेवा पुग्ने सोचका साथ केही समयअघि रौतहटको चन्दपुर–९ सिन्धुरे घारी मर्दर चाँदी खोला छेउबाट यो अभियान सुरु गरिएको जानकारी दिए । कार्यक्रमका प्रमुख अथिति गृह सचिव अर्यालले जन्म दिनलाई बिरुवा रोपेर मनाउने अभियान अत्यन्तै सकारात्मक रहेको बताउदै यसलाई देशब्यापी अभियानका रुपमा सुचारु गर्नुपर्ने धारणा राखे । ‘रुख रोपेपछि हरियाली बढ्छ, अक्सिजन उत्पादन बढ्छ । स्वस्थ हावाले तन,मन,मस्तिष्क स्वच्छ बनाउछ । स्वच्छ मन,मस्तिष्कले सकारात्मक उर्जा उत्पन्न गर्छ,’ उनले भने,‘पृथ्वीको सम्पूर्ण वातावरणलाई स्वच्छ बनाउने यो अभियान अत्यन्तै राम्रो छ । हामी हरेकले साथ दिनुपर्छ ।’
अभिनेत्री,निर्देशक दीपाश्रीले विरुवा रोपौं अभियानलाई अघि बढाउन आफू कटिबद्ध भएको बताइन् । उनले अबका आफ्नो जन्मदिनमा कम्तीमा एउटा भए पनि बिरुवा रोप्ने प्रतिबद्धता जाहेर गर्दै सम्पूर्ण नेपालीलाई बृक्षारोपणलाई आफ्नो जीवनसँग जोड्न आव्हान गरिन् । त्यसैगरी,बरिष्ट निर्देशक दाहालले यो अभियान एक्दमै सकारात्मक पहल भएको बताउदै आफूले पनि अब उप्रान्त बर्षमा कम्तीमा एउटा भए नि बिरुवा रोप्ने प्रतिबद्धता जाहेर गरे । त्यसैगरी, अभिनेत्री केकी,मलिका,निर्देशक सुवेदी अनि गायक चौलागाईंले पनि अबका दिन जन्मदिनमा नबिराइ बिरुवा रोप्ने प्रण गरे ।
काठमाडौ जिल्लाका प्रमुख जिल्ला जितेन्द्र बस्नेत, नेपाल बिद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ,अर्थ मन्त्रालयकी सहसचिव पार्वती शर्मा, नेपाल टेलिभिजनका महाप्रबन्धक फूलमान वल,प्रमुख जिल्ला बन अधिकृत,काठमाडौ पुष्पराज बतौला, वरिष्ट पत्रकार जीबराम भण्डारी, मध्यान्ह दैनीकका सम्पादक मदनकुमार श्रेष्ठ, बरिष्ट अधिवक्ता स्वागत नेपाल,नेपाल समाचार पत्र दैनीकका प्रधान सम्पादक सागर पण्डित, प्रशासन डटकमका प्रधान सम्पादक एसआर उपाध्याय, रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिकुमार केसी, वरिष्ठ मुटुरोग विशेषज्ञ ओम मुर्ति बन्जाडे, बरिष्ट अधिवक्ता उद्धव चौलागाई,समाजसेवी डम्बरप्रसाद चौलागाईलगायतका ब्यक्तित्वले बृक्षारोपण गर्दै आफुहरुले आगामी दिनमा बृक्षारोपणलाई निरन्तरता दिने प्रतिबद्धता जाहेर गरे । कार्यक्रममा बटुकहरुले स्वस्ति वाचन गर्दै चन्दनको टीका लगाइदिएका थिए भने उपस्थित सबैले आफ्नो जन्मदिन सम्झीएर जन्मदिनको शुभकामना गीत गुन्गुनाएका थिए ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ बैशाख १०, बिहीबार १५:४८‘ट्रेडिसनल डिजाइनर रनवे–२०२६’ : अस्मिता र महेन्द्र ‘मोडल अफ द इयर’
समाचार२०८३ बैशाख १०, बिहीबार १३:५७प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जको जग्गा राष्ट्रपति कार्यालयलाई हस्तान्तरण नगर्ने
खेलकुद२०८३ बैशाख १०, बिहीबार ११:१८आजबाट शुरु « रिपोर्टर्स नेपाल
स्वास्थ्य/जानकारी टिप्स२०८३ बैशाख १०, बिहीबार १०:४५सरकारलाई पूर्वस्वास्थ्यमन्त्री पौडेलकाे सुझाव:’ओपीडी सेवा नखुम्च्याऔं, बिरामीको सास्ती हटाऔं’








