संस्कृत युवा मञ्चद्वारा सत्सङ्ग तथा दिवा खाजा वितरण

पोखरा । संस्कृत युवा मञ्च नेपालले बुधवार एक कार्यक्रमका बीच सत्सङ्ग तथा दिवा खाजा वितरण कार्यक्रम सम्पन्न गरेको छ । पोखरा -५ मालेपाटन ,मनकामना मन्दिर स्थित ज्येष्ठ नागरिक मिलन केन्द्रमा सत्सङ्ग गरी ज्येष्ठ नागरिकलाई दिवा खाजाको व्यवस्था गरेको हो ।
आफ्नो नियमित कार्यक्रम अन्तर्गत “सेवा ही परमो धर्म “भन्ने
मूल मन्त्रका साथ आयोजित कार्यक्रममा ज्येष्ठ नागरिक मिलन केन्द्रका अध्यक्ष श्री होमनाथ बरालको प्रमुख आतित्थ्यता रहेको थियो। कार्यक्रम बोल्दै प्रमुख अतिथि बरालले संस्कृत युवा मञ्चले भजन तथा सत्सङ्ग सहित भोजनको व्यवस्था गरेकोमा खुसी व्यक्त गर्नुभयो । त्यस्तै कार्यक्रममा बोल्दै मनकामना मन्दिर विकास समितिका सचिव केदारनाथ बरालले मञ्चले धार्मिक तथा सेवामूलक काम गरेकोमा प्रसंशा गर्दै यस्ता शुभकर्महरू गर्न भगवानले सत्प्रेरणा दिऊन् भन्दै संस्थाको उज्वल भविष्यको कामना समेत गर्नुभयो । कार्यक्रममा बाराही आमा समूहकी अध्यक्ष भगवती बराल लगायतले मन्तव्य राख्नु भएको थियो ।

साथै, यसै कार्यक्रमका बीच संस्थाद्वारा प्रकाशित २०८२ सालको गण्डकी भित्तेपात्रोलाई वितरण समेत गरिएको थियो ।
संस्थाका उपाध्यक्ष महेन्द्र पौडेलको अध्यक्षता तथा कोषाध्यक्ष भवानी शंकर शर्माको संयोजकत्वमा सम्पन्न कार्यक्रममा संस्थाका सल्लाहकार गिरिधर आचार्यले धार्मिक प्रवचन तथा सदस्य हरिराज कोइरालाले शिवजीको भेषमा नृत्य प्रस्तुत गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन सचिव दिवाकर पौडेलले गर्नुभएको थियो ।

लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ भाद्र ९, मंगलवार १९:२९निखिल उप्रेतीको ‘आचार्य’को एक्सनले भरिएको टिजर सार्वजनिक
समाचार२०८३ भाद्र ९, मंगलवार १०:२३आहा, यस्तो पो झरना !
स्वास्थ्य/जानकारी टिप्स२०८३ भाद्र ९, मंगलवार १०:१४अध्यारोबाट उज्यालो देखेपछि… « रिपोर्टर्स नेपाल
खेलकुद२०८३ भाद्र ९, मंगलवार ०९:४४मलेसियाविरुद्ध नेपाललाई फिल्डिङको निम्तो









