पञ्चकोशी आधारभूत विद्यालयको ५३औं वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

मनिष पौडेल, पोखरा । श्री पञ्चकोशी आधारभूत विद्यालयको ५३औं वार्षिकोत्सव तथा अभिभावक दिवस विशेष कार्यक्रमका साथ विद्यालय प्राङ्गणमा सम्पन्न भएको छ।
कार्यक्रम मेलामय वातावरणमा विविध प्रस्तुति, सम्मान तथा अतिथिको मन्तव्यसँगै भव्य रूपमा सम्पन्न भएको हो।कार्यक्रमका सभापति विद्यालय व्यवस्थापन समितिका अध्यक्ष माधव चापाई रहनुभएको थियो। अध्यक्ष चापाईले विद्यालयको प्रगतिको लागि अभिभावक, शिक्षक, स्थानीय सरकार र समुदाय सबैको सक्रिय भूमिकाको सराहना गर्दै भन्नुभयो, “विद्यालय शिक्षाको मन्दिर हो, यसलाई सबै मिलेर अझ उचाइमा पु¥याउन हामी प्रतिबद्ध छौं।” कार्यक्रमका प्रमुख अतिथि वडा नं. २३ का वडा अध्यक्ष राम काजी गुरुङ हुनुहुन्थ्यो । विशेष अतिथिको रुपमा पोखरा महानगरपालिका शिक्षा शाखाका अधिकृत रामप्रसाद तिवारीको उपस्थिति रहेको थियो।
साथै पूर्व गाविस अध्यक्ष, वडा सदस्यहरू, स्थानीय अगुवा व्यक्तित्व तथा अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।विद्यालयका प्रधानाध्यापक गंगाधर चापाईले स्वागत मन्तव्य दिँदै विद्यालयको शैक्षिक अवस्था, प्रगति र भावी योजना बारे जानकारी दिनुभयो। उहाँले विद्यार्थीको बहुआयामिक विकासमा विद्यालय कटिबद्ध रहेको बताउनुभयो।कार्यक्रममा विद्यार्थीहरूले प्रस्तुत गरेका नृत्य, गायन, नाटक तथा विविध सांस्कृतिक कार्यक्रमहरूले सम्पूर्ण दर्शकहरूलाई मनोरञ्जन र उत्साह प्रदान गरेका थिए। साथै उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो।
कार्यक्रमको सफल आयोजनामा विद्यालय व्यवस्थापन समितिका सदस्यहरू रघुनाथ लामिछाने, विष्णु पौडेल, मनिष पौडेल, पुष्पा नेपाली, राजु भुजेल लगायत अन्य सदस्यहरूको विशेष योगदान रहेको थियो।त्यसैगरी विद्यालयमा कार्यरत शिक्षिका तथा शिक्षकहरू शारदा लामिछाने, सीता अधिकारी, दिलमाया तिमिल्सिना, विष्णु साउद, विष्णुमाया सुवेदी, कमला नेपाली, सीता पौडेल, शान्ति शर्मा र जानुकी कडेलको पनि कार्यक्रम व्यवस्थापनमा सक्रिय भूमिका रहेको थियो।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ असार २१, आईतवार १९:२६लोभ, लालच, जालझेल र ठगीको कथा ‘भागदौड’को ट्रेलर सार्वजनिक
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार २१, आईतवार १६:४९भवनमै सीमित बैतडीको ट्रमा सेन्टर « रिपोर्टर्स नेपाल
खेलकुद२०८३ असार २१, आईतवार १३:४३सर्वाधिक जनसंख्या भएका १० मध्ये ८ देश किन पुगेनन् विश्वकपमा ?
कला, विचार/मनोरञ्जन२०८३ असार २०, शनिबार १८:१४कमल एक्चै मगरको ‘बाछिटा’ले जित्यो नगद एक लाख पचास हजार









