रोजगारी सिर्जना,स्वरोजगार प्रवर्द्धन र गरिवी निवारण (पूर्ण पाठसहित)

काठमाडौँ- सरकारले आगामी आर्थिक बर्ष २०८२/०८३ को बजेटका प्राथामिकता सदनमा पेश गरेको छ ।
प्रतिनिधि सभाको आजको बैठकमा अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको विनियोजन विधेयक क्षेत्रगत प्राथमिकता प्रस्तुत गर्नु भएको हो ।
बजेटले रोजगारी सिर्जना, स्वरोजगार प्रवर्द्धन र गरिवी निवारण लाइ मुख्य प्राथामिकतामा राखेको छ ।
बजारको माग अनुरूप सीपयुक्त र दक्ष जनशक्ति विकास गरी रोजगारीमा आवद्ध गरिने र स्वरोजगार प्रवर्द्धन गर्न युवा लक्षित उद्यमशीलता विकास र आधुनिक प्रविधिको प्रयोगमा जोड दिइएको छ । यसै गरी
मुलुकको अर्थतन्त्रलाई गतिशील तुल्याउन कानूनी, संस्थागत र प्रक्रियागत सुधार गरिनेछ। आर्थिक क्षेत्रका नियामकीय निकायको भूमिकालाई सुदृढ बनाइने विषयलाई प्राथामिकतामा राखिएको छ ।
निजी क्षेत्रको लगानी प्रवर्द्धन गर्न थप अनुकूलता सिर्जना गरिनेछ। मुलुकलाई सन् 2026 सम्ममा विकासशील राष्ट्रमा स्तरोन्नति गर्दै सन् 2030 सम्ममा दिगो विकास लक्ष्य हासिल गर्न आवश्यक तयारीका लागि उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगका सुझावहरू क्रमश: कार्यान्वयन लगिने विषयलाइ प्राथामिकतामा राखिएको छ ।
त्यसै गरी कृषि क्षेत्रको व्यवसायीकरण कृषि क्षेत्रलाई यान्त्रिकीकरण र व्यावसायीकरण गरी उत्पादन र उत्पादकत्व बढाउन तथा खाद्य सुरक्षा सुनिश्चित गर्न आवश्यक कार्यक्रम सञ्चालनमा जोड दिएको छ ।
कृषि क्षेत्रको इकोसिष्टम प्रभावकारी बनाउँदै कृषि फार्ममार्फत् व्यावसायिक खेती प्रवर्द्धन गर्न विशेष प्रोत्साहन गरिनेछ। सामुहिक तथा करार खेती प्रणालीलाई सहजीकरण गर्दै युवालाई कृषिमा आकर्षित गर्न नीतिगत व्यवस्था गर्ने, कृषिमा प्रदान गरिँदै आएका सबै प्रकारका अनुदानको पुनरावलोकन गरी उत्पादनमा आधारित बनाइनेछ। प्राङ्गारिक तथा रैथाने खेतीलाई प्रोत्साहित गर्ने विषयलाई बजेटको उच्च प्राथामिकतामा राखिएको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ बैशाख १०, बिहीबार २२:०३‘कमला मिस’ साउन २२ मा रिलिज, निर शाहको निर्देशनमा कमब्याक
समाचार२०८३ बैशाख १०, बिहीबार १९:३९संसदीय दलको नेता चयनमा काँग्रेसलाई सकस,भोलि निर्वाचन
समाचार२०८३ बैशाख १०, बिहीबार १९:१४बुढाथुम स्वास्थ्य चौकीमा बृहत् एकीकृत जनस्वास्थ्य तथा पोषण प्रवद्र्धन अभियान सञ्चालन हुँदै
कला, विचार/मनोरञ्जन२०८३ बैशाख १०, बिहीबार १५:४८‘ट्रेडिसनल डिजाइनर रनवे–२०२६’ : अस्मिता र महेन्द्र ‘मोडल अफ द इयर’







