सिद्धलेक गाउँपालिका पुर्ण खोप सुनिश्चित तथा दिगोपना प्रमाणिकरण घोषणा

धादिङ, ३० बैशाख ।
धादिङको सिद्धलेक गाउँपालिकालाई वडा तथा पालिका स्तरीय पुर्ण खोप सुनिश्चित तथा दिगोपना प्रमाणिकरण घोषणा गरिएको छ । राष्ट्रिय खोप तालिकाअनुसार १५ महिनासम्मका उमेर समूहका बालबालिकाले खोप लगाएको सुनिश्चित गरिएपछि पुर्ण खोप पालिका घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख संकरबाबु दुवाडीले बताउनुभयो । दुवाडीका अनुसार गाउँपालिका भित्रका एक हजार ९९ बालबालिकाहरुले् पुर्ण खोप लगाएका छन् ।
जिल्लाका सबै स्थानीय तहहरुमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा अभियान सञ्चालन भइरहेको अवस्थामा सिद्धलेक गाउँपालिकाले सबै सूचकहरु पूरा गरेपछि पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको जिल्ला पूर्ण खोप समन्वय समितिका सदस्य सचिव एवं जनस्वास्थ्य कार्यालय धादिङका निमित्त प्रमुख श्यामप्रसाद पोखरेलले बताउनु भयो ।
कार्यक्रममा बोल्नुहुँदै जिल्ला समन्वय समितिका उप–प्रमुख कुलमान विश्वकर्माले सामुदायिक स्वास्थ्य सुधारमा महिला स्वास्थ्य स्वयंसेविकाको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो।
गाउँपालिकाका अध्यक्ष परशुराम खतिवडाले बर्खे अधिवेशनबाट स्वास्थ्य स्वयंसेविकाहरुको लागी बजेट छुट्याउने बताउनुभयो । उहाँले भन्नुभयो, झोला, छाता, टर्चलाईट, औषधिजस्ता स्वास्थ्य स्वयंसेविकालाई अत्याआवश्यक पर्ने सामानहरु खरिदको लागि स्वास्थ्य शाखालाई यसै हलमार्फत निर्देशन गर्दछु ।
गाउँपालिका उपाध्यक्ष सविता अर्यालले पुर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा गर्न पाउँदा खुशी व्यक्त गर्नुभयो । उहाँले आगामी दिनमा स्वयंसेविकालाई थप सेवा–सुविधा उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभएको छ ।
कार्यक्रममा पूर्णखोप सुनिश्चितता र अन्य स्वास्थ्य सेवा सहज बनाउन उल्लेखनीय कार्य गरेकामा राष्ट्रिय महिला स्वास्थ्य स्वयम् सेविकाहरुलाई सम्मान पनि गरिएको छ । गाउँपालिका भित्रका सबै २८ जना महिला स्वास्थ्य स्वयम् सेविकाहरुलाई सम्मान गरिएको थियो ।
गाउँपालिकाका अध्यक्ष परशुराम खतिवडाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय उपप्रमुख कुलमान बिश्वकर्मा प्रमुख आतिथ्य तथा जिल्ला स्वास्थ्य कार्यलय खोप समन्वय प्रमुख श्याम प्रसाद पोखरेल विशेष आतिथ्यता रहेको थियो ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सबिता अर्याल, प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद शर्मा, वडा अध्यक्षहरु, राजनिक दलका प्रतिनिधि, सञ्चारकर्मी, महिला स्वास्थ्य स्वयंसेविका लगायतको उपस्थिति रहेको थियो।




लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ असार २६, शुक्रबार ०९:२१सबैको नजरमा ‘गौँथली’, युट्युब ट्रेन्डिङमा पहिलो
खेलकुद२०८३ असार २५, बिहीबार २२:५८क्वार्टरफाइनलमा आज फ्रान्स र मोरक्को भिड्दै « रिपोर्टर्स नेपाल
समाचार२०८३ असार २५, बिहीबार १९:२०एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार
कला, विचार/मनोरञ्जन२०८३ असार २५, बिहीबार १४:०१सुमनको चलचित्र डेब्यू, ‘तिरिमिरी झ्याइँ’को शुभ मुहूर्त सम्पन्न








