कोहलीद्वारा टेस्ट क्रिकेटबाट सन्यासको घोषणा

काठमाडौं, वैशाख ३० । भारतका ब्याट्सम्यान विराट कोहलीले टेस्ट क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन् । ३६ वर्षिय कोहलीले सामाजिक सञ्जाल इन्स्टाग्राममा एक पोस्ट लेख्दै टेस्टबाट सन्यासको घोषणा गरेका हुन् ।
टेस्ट क्रिकेटमा १२३ खेल खेलेका उनले ९ हजार २३० रन बनाएका छन् । जसमा ३० शतक बनाउदा सर्वाधिक रन अविजित २५४ हो ।
६८ टेस्टमा टोलीको नेतृत्व गरेका उनी भारतका सबैभन्दा सफल टेस्ट कप्तानहरूमध्ये एक हुन् । यससअघि कोहलीले भारतले सन् २०२४ को विश्वकप जितेपछि टि-२० अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिएका थिए ।
उनले केही दिन अघिनै भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआइ) लाई आफ्नो निर्णयबारे जानकारी गराइसकेका थिए । बीसीसीआइले भने उनलाई आफ्नो निर्णय पुनर्विचार गर्न आग्रह गरेको थियो । यसअघि अर्का स्टार ब्याटर रोहित शर्माले पनि टेस्ट क्रिकेटबाट सन्न्यास लिने घोषणा गरेका थिए ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ असार २८, आईतवार १९:०९धादिङबेसीमा सामुदायिक वनको संक्षिप्त कार्ययोजना सम्बन्धी छलफल
समाचार२०८३ असार २८, आईतवार १२:२९पोखरा कलेज अफ म्यानेजमेन्टमा विद्यार्थीद्वारा नमुना पत्रकार सम्मेलन, व्यावहारिक सीप विकासमा जोड
खेलकुद२०८३ असार २८, आईतवार ११:०२आज किन कालो पट्टी बाँधेर मैदान उत्रिए अर्जेन्टिनी खेलाडी?
खेलकुद२०८३ असार २८, आईतवार १०:२९विश्वकपको सेमिफाइनल समीकरण पूरा, अव चार महाशक्ति भिड्ने









