प्रधानमन्त्री ओलीद्वारा बनेपामा फिल्म स्टुडियो निर्माणको घोषणा, २०२६ भित्र सम्पन्न गर्ने लक्ष्य

काठमाडौ। नेपाली फिल्म क्षेत्रमा दशकौं देखिको एउटा अभाव — ‘आधुनिक स्टुडियो’ — अब पूरा हुने बाटोतिर लागेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार काभ्रेको बनेपामा ‘सिनेपाः’ नामक इन्डोर फिल्म स्टुडियो निर्माण सुरु भएको औपचारिक घोषणा गरे।
प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा स्टुडियो निर्माणको शिलापत्र अनावरण गर्दै ओलीले ‘आजको दिन नेपाली सिनेमा क्षेत्रको युग परिवर्तनको संकेत’ भएको बताए। “अब हाम्रो सिनेमा घरभित्रै निर्माण हुन्छ, त्यो पनि अत्याधुनिक संरचनाभित्र,” उनले भने।
बनेपा नगरपालिका–१० र १३ को ४१ रोपनी जग्गामा बन्ने स्टुडियो सन् २०२६ भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। ३९ करोड रुपैयाँ अनुमानित लागतको यो परियोजनाले नेपाली फिल्म उद्योगलाई ‘सस्टेनेबल’ बनाउने अपेक्षा गरिएको छ।
प्रधानमन्त्रीले डबिङ, गायन र प्रविधिसम्बन्धी अन्य युनिटहरू पनि स्टुडियोमा समेटिनुपर्ने सुझाव दिए। उनले अघिल्लो कार्यकालमा दोलखामा फिल्म नगरी र पालुङटारमा स्टुडियो निर्माणको प्रस्ताव गरे पनि ‘कलाकारकै असहमतिको कारण’ त्यसले मूर्त रूप लिन नसकेको उल्लेख गरे।
कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले फिल्म क्षेत्रका कानुनी सुधार प्रक्रियाबारे जानकारी दिए। उनले चलचित्र ऐन, मिडिया काउन्सिल र सामाजिक सञ्जालसम्बन्धी विधेयक संसद्मा पुगेको उल्लेख गर्दै पुराना कानुनलाई समयसापेक्ष बनाउन सरकार प्रतिवद्ध रहेको बताए।
पूर्वमन्त्री तथा सांसद गोकुल बास्कोटाले स्टुडियोका लागि जग्गा उपलब्ध गराएको जानकारी गराउँदै स्थानीय जनप्रतिनिधिहरूको भूमिका सराहे। निर्देशक नीर शाहले प्रविधिमा आधारित, बहुउद्देश्यीय स्टुडियो बनाउने सुझाव दिए। चलचित्र विकास बोर्ड अध्यक्ष दिनेश डीसीले आगामी साताबाट ‘रियल टाइम बक्स अफिस’ सुरु हुने जनाउँदै, “सकारात्मक सोचले असम्भव पनि सम्भव हुन्छ” भने।
नेपाली फिल्म क्षेत्रले लामो समयपछि ‘सपना देख्ने हैसियत’ बनाएको भन्दै निर्माण प्रक्रिया ठोस रूप लिनु आफैंमा उल्लेखनीय मानिएको छ। तर अब प्रश्न, यो स्टुडियोले नेपाली फिल्मलाई कहाँ पुर्याउला?
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ भाद्र ७, आईतवार २२:५६ललितपुरकी तिशा शाक्यले जितिन् मिस नेवाः नेपालको ताज
समाचार२०८३ भाद्र ७, आईतवार २०:४७लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने मन्त्री चौधरीको प्रतिबद्धता
कला, विचार/मनोरञ्जन२०८३ भाद्र ७, आईतवार १६:४१चलचित्र ‘बेहुली’को रोमान्टिक गीत ‘म भईन भने’ सार्वजनिक
समाचार२०८३ भाद्र ७, आईतवार १३:४२वर्षायामको अतिरिक्त विद्युत् स्वदेशमै खपत बढाइने









