आँखा शिविरमा तीन सय ४७ जनाले आँखा जाँच गराए

पोखरा ।
मदन भण्डारी स्पोर्टस एकेडेमी गण्डकी प्रदेशको आयोजनामा सम्पन्न निःशुल्क आँखा शिविरमा तीन सय ४७ जनाले आँखा जाँच गराएका छन । ३२ औं मदन आश्रीत स्मृति दिवसको अवसरमा हिमालय आँखा हस्पिटलको प्राविधिक सहयोगमा पोखरा रंगशालामा आयोजना गरिएको शिविरमा खेलाडी, खेल संस्थाका प्रतिनिधी, पत्रकार गरी तीन सय ४७ जनाले आँखा जाँच गरेको मदन भण्डारी स्पोर्टस एकेडेमी गण्डकी प्रदेशका अध्यक्ष गिरमान गुरुङले जानकारी दिए ।
गुरुङका अनुसार शिविरमा १ सय ९१ जनालाई औषधी वितरण, ३९ जनालाई चश्मा वितरण, मोतियाविन्दुको समस्या देखिएको ७ जना र अन्य ३९ जना र आँखामा मासु पलाएका ११ जनालाई हिमालय आँखा हस्पिटल घारीपाटन रिफर गरिएको छ ।
शिविरमा सहभागीहरुको दृष्टि विशेषज्ञहरु अनिश अधिकारी, रोष्ना भुजेल, झरना बुढा र रितिका किजु लगाएतले सहजीकरण गरेका थिए ।
यसअघि शिविरको उद्घाटन गर्दै पोखरा महानगरका उप प्रमुख मन्जुदेवी गुरुङले मदन भण्डारी स्पोर्टस एकेडेमीले खेलकुदको गतिविधी संगै सामाजिक उत्तरदायित्व वहन गर्ने गरी आँखा शिविरको आयोजना गरेकोमा आभार प्रकट गरिन ।
कार्यक्रमको सञ्चालन एकेडेमीका सचिव दिपक आचार्यले गरेका थिएभने कार्यक्रममा उपाध्यक्ष सुुजन आचार्यले स्वागत मन्तब्य राखेका थिएभने केन्द्रीय सदस्य तथा पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=18243, citypokhara.com
लेखकको बारेमा

लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ असार २१, शनिबार २०:२६कलवार युवा समितिको कार्यक्रममा ६३ युनिट रगत संकलन
समाचार२०८२ असार २१, शनिबार १७:१८नेपाल रेडक्रस सोसाइटी पोखरा १२ उपशाखाको रक्तदान कार्यक्रम सम्पन्न
समाचार२०८२ असार २१, शनिबार ०६:४३महिला टी-२० क्रिकेट प्रतियोगिताको कास्की र स्याङजा फाइनलमा प्रवेश
समाचार२०८२ असार २१, शनिबार ०६:३४पृथ्वीचोक बसपार्कका लागि छुट्टाइएको पूरै जग्गामा बसपार्क बनाउँछौँ : महानगर प्रमुख आचार्य