एशियाली सडक स्तरोन्नतीमा ढिलाई हुँदा बर्खामा समस्या आउन सक्ने (फोटो फिचर)

झापा- पूर्व पश्चिम राजमार्ग अन्तर्गत पूर्वी नेपालको काँकडभिट्टादेखि लौकहीसम्मको सडक विस्तार गर्न निर्माणाधीन कल्भर्ट र पुल निर्माणमा ढिलाई हुँदा समस्या आउने देखिएको छ ।
बर्खा लागेसँगै खोला खोल्छीमा आएका बाढीको निकासमा समस्या हुँदा यातायत नै प्रभावित हुने संभवना बढेको छ ।
एशियाली राष्ट्रलाई सडक सञ्जालमा जोड्ने मुख्य उदेश्यका साथ निर्माण थालिएको काँकडभिट्टादेखि लौकहीसम्मको काम हालसम्म २० प्रतिशत हाराहारीमा भएको छ । तर सडकमा पर्ने निर्माणाधीन पुलको काम बर्षात् अगावै नसक्ने अवस्था हुँदा यातायात संचालनमा भने समस्या हुने देखिएको छ ।

काँकडभिट्टादेखि लौकहीसम्मको १ सय २० किलो मिटरमध्ये ९५ दशमल ७६ किलो मिटर क्षेत्रमा पाँचवटा प्याकेजमा ठेक्का लगाइ धमाधम काम हुँदै आएको छ ।
पहिलो पूर्वी खण्डको ४५ किलो मिटर क्षेत्रमा मात्र ४० वटा कल्भर्ट र २१ वटा पुल रहेका छन् । १७ अर्ब रुपैयाँको बजेटमा निर्माण हुने पूर्वी खण्डमा बर्षातमा समस्या नआउने गरी काम भइरहेको सो खण्डका आयोजना प्रमुख शुनिलबाबु पन्तले दाबी गर्नुभयो ।

कल्भर्टमा समस्या नदेखिए पनि साना खोलामा भत्काएर नयाँ निर्माण थालिएको पुलमा भने समस्या हुने देखिएको छ । तर भरसक मुख्य राजमार्गमा चल्ने यातायातका साधान नरोकिने गरी काम गर्दै आएको सडक निर्माणमा काम गर्दै आएको वाटर एशिया कन्सल्टेन्सीका इन्जिनियर स्वागतम महर्जनले बताउनुभयो ।
पूर्वी खण्डमा काँकडभिट्टादेखि सितापुरीसम्म ४५ किलो मिटर सडकको स्तरोन्नति अन्य प्याकेज भन्दा केही ढिलो गतिमा काम हुँदै आएको छ । जुन सडक खण्डमा पर्ने साना खोलाका पुल निर्माणमा ढिलाई हुँदा समस्या आउन सक्ने यातायात व्यवसायीले चिन्ता व्यक्त गरेका छन् ।







लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ पुष १२, शनिबार १९:२५एड्भान्स एकेडेमीका विद्यार्थी र अभिभावकको लागि सकारात्मक सोच र मनोपरामर्श कार्यक्रम
समाचार२०८२ पुष १२, शनिबार १८:३१निर्वाचन तयारीबारे छलफल गर्न एमालेले बोलायो सचिवालय बैठक
कला, विचार/मनोरञ्जन२०८२ पुष १२, शनिबार १५:५७‘कल्ली’को बलियो टिजरः सौगात र बेनिशाको देवता कि राक्षस ?
स्वास्थ्य/जानकारी टिप्स२०८२ पुष १२, शनिबार १५:१५बाल शल्य चिकित्सक संघको अध्यक्षमा थापा चयन, यस्तो बन्यो समिति…







