नागढुङ्गा–नौबिसे सडकखण्ड दिउँसोको समयमा साढे ४ घण्टा बन्द हुने

धादिङ,०७ जेठ
काठमाडौं भित्रिने मुख्य नाका नागढुङ्गा–नौबिसे सडकखण्ड दैनिक साढे ४ घण्टा बन्द हुने भएको छ । नागढुङ्गा–पिपलामोड सडक निर्माणको कार्यका लागि आगामी जेठ १० गतेदेखि २५ गतेसम्म, प्रत्येक दिन बिहान १०ः३० बजे देखि दिउँसो ३ः०० बजे सम्म सडक बन्द गरिने जनाइएको छ।
धादिङका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेका अनुसार, निर्माण आयोजनाले प्राविधिक कारणले काम दिनको समयमा गर्नुपर्ने बताएपछि काठमाडौं र धादिङ प्रशासनको समन्वयमा सडक बन्द गरेर निर्माण गर्न लागिएको हो । यसअघि रातिको समयमा काम हुँदै आएको थियो।
नारायणगढ–मुग्लिन सडक योजनाले सूचना जारी गर्दै, निर्माणका समयमा काठमाडौंबाट छुट्ने सवारी साधनहरू नागढुङ्गामा र नौबिसेबाट काठमाडौं आउने सवारीहरू खानीखोलामा रोक्ने व्यवस्था गरिएको जानकारी दिएको छ।
प्रमुख जिल्ला अधिकारी घिमिरेले निर्माण कार्य चल्ने समयमा यात्रुहरूलाई धार्के–सितापाइला तथा टोखा–छहरे–त्रिशूली गल्छी मार्गहरू वैकल्पिक रूपमा प्रयोग गर्न अनुरोध गर्नुभएको छ ।

लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ असार ९, मंगलवार २०:४५चलचित्र ‘आइ एम जीत बहादुर’ को रोमान्टिक गीत सार्वजनिक
समाचार२०८३ असार ९, मंगलवार १९:१४विद्यालय दिवाखाजा सम्बन्धी २ दिने अभिमुखीकरण कार्यक्रम नीलकण्ठमा सुरु
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार ९, मंगलवार १५:२९सरकारले गर्याे जलन उपचारलाई देशभरका अस्पतालमा विस्तार
खेलकुद२०८३ असार ९, मंगलवार १०:५०कतारमा भएको विस्फोटमा नेपाली घाइते « रिपोर्टर्स नेपाल








