‘नरसिंहाः अवतार’ ले हलमा ल्यायो रौनक, हमालको आगमनमा दर्शकको हुटिङ

‘नरसिंहाः अवतार’ ले हलमा ल्यायो रौनक, हमालको आगमनमा दर्शकको हुटिङ

काठमाडौ। राजेश हमालको ‘कमब्याक’ सँगै शुक्रबार रिलिज भएको फिल्म ‘नरसिंहाः अवतार’ ले हल–हलमा उत्साह ल्याएको छ। बिहानैदेखि दर्शकहरूको उपस्थिति उत्साहजनक रहँदा दिउँसो र साँझको शोमा अझै भीड बढ्ने अनुमान गरिएको छ।

काठमाडौंको बिग मुभिजमा देखिएको दृश्य विशेष थियो—फिल्म सकिएपछि दर्शकहरू गीत ‘अच्छा लेकिन लण्डनको चिसोले समाउला’ गाउँदै निस्किरहेका थिए। हलको भित्र हुटिङ, बाहिर प्रतिक्रिया—सबै कुरा फिल्मप्रति दर्शकको आत्मीयता देखाउँथ्यो।

राजेश हमाल आठ वर्षपछि पर्दामा फर्किँदा हलमा छुट्टै रौनक देखिएको छ। उनको प्रत्येक दृश्यमा ताली, हुटिङ र मोबाइलले भिडियो खिच्नेसम्मका दृष्यले फिल्मको प्रभाव बताइरहेका छन्।

दिवाकर भट्टराइको लेखन तथा निर्देशनमा तयार फिल्म ‘नरसिंहाः अवतार’ पारिवारिक प्रेम, विछोड र बदलाको कथा बोकेको छ। फिल्ममा हमालसँगै नीति शाह, राज कटुवाल, नीर शाह, प्रशान्त ताम्राकार, उषा खड्गी, दीपा शाही, सनिषा भट्टराईलगायतको दमदार अभिनय छ।

निर्माता नेम महर्जन, दीपक प्रसाद ढकाल, नरेन्द्र महर्जन र ध्रुव न्यौपानेले लगानी गरेको यो फिल्म दर्शकको मन जित्दै अगाडि बढिरहेको छ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 7   +   4   =  

Protected by Spam Master