शाही निर्देशित चलचित्र ‘एक्लो’ कान्स फिल्म फेस्टिभलमा शानदार उपस्थिति

काठमाडौं। नेपाली चलचित्र ‘एक्लो’ ले यस वर्षको कान्स फिल्म फेस्टिभल २०२५ मा ऐतिहासिक उपस्थिति जनाउँदै नेपाली सिनेमाको अन्तर्राष्ट्रिय पहिचानलाई नयाँ उचाइमा पुर्याएको छ। निर्देशक प्रदीप शाहीको निर्देशनमा बनेको यो साइ-फाइ थ्रिलर चलचित्रले फ्रान्सको कान्स सहरमा आयोजित ‘मार्चे दु फिल्म’ (Cannes Film Market) मा स्टल स्थापना गर्दै अन्तर्राष्ट्रिय वितरक, सेल्स एजेन्ट र निर्माताहरूसँग प्रत्यक्ष संवाद गर्ने अवसर प्राप्त गरेको छ। स्टलमा नेपालको झण्डा समेत राखिएको थियो । कान्स फिल्म फेस्टिभल २०२५ मा अभिनेता प्रदीप खड्का र निर्देशक प्रदीप शाही रेड कार्पेटमा सहभागी भए। नेपाली चलचित्रको लागी कान्स फिल्म फेस्टिभलमा एक्लो को यो उपस्थिति उल्लेखनिय छ। कान्समा नेपालमा छायांकन गर्ने उत्कृस्ट गन्तब्यहरुको प्रचार समेत गरिएको थियो। कान्स फिल्म फेस्टिभलमा सहभागिताले अभिनेता प्रदीप खड्का र निर्देशक प्रदीप शाहीको हाइप समेत बढेको छ।
‘एक्लो’ चलचित्रको कथा हिमालयको आध्यात्मिकता र मिथकीय पृष्ठभूमिमा आधारित छ, जसले पूर्वी दर्शन र पश्चिमी सिनेम्याटिक थ्रिलर शैलीको संयोजनमार्फत यस्तो भविष्य देखाउँछ, जहाँ मानव जाति विनाशको संघारमा उभिएको छ। चलचित्रमा प्रदीप खड्का, बेनिसा हमाल, विजय लामा, सुनील थापा, दिया पुन, दिनेश डीसी, सुरज सिंह ठकुरी, एवन राज उप्रेति, कविता नेपाली, त्रिचु राई, कृष्णभक्त महर्जन, विकास अधिकारी, दिग्गज खत्री, विनोद सुवेदी क्षितिज, श्रीशेष श्रेष्ठ, बाल कलाकार जेभिन श्रेष्ठ र स्योन सविक सिंह लगायत बेलायती अभिनेता जेमी बेकनको अभिनय रहेको छ। बाबु श्रेष्ठले छायांकन गरेको चलचित्रको पोस्ट प्रोडक्सनको कार्य लण्डनमा भई रहेको कार्यकारी निर्माता विनोद सुबेदी क्षितिजले जानकारी दिए।

निर्देशक प्रदीप शाही यस वर्षको कान्स प्रोड्यूसर्स नेटवर्कका लागि पनि चयन भएका छन्, जसले उनलाई विश्वभरका प्रभावशाली निर्माता र फिल्म क्रिएटरहरूको सूचीमा स्थान दिलाएको छ। शाहीले यस अवसरलाई नेपाली सिनेमालाई विश्वसामु चिनाउने प्रयासको रूपमा लिएका छन्।
‘एक्लो’ चलचित्रको सम्पूर्ण छायांकन नेपालको अपर मुस्ताङ र काठमाडौँमा सम्पन्न भएको छ । कृष्ण पौडेल प्रोडक्सन डिजाइनर रहेको सिनेमाको छिट्टै नेपाल र विदेश प्रदर्शन मिति घोषणा गरिने निर्देशक शाहीले जानकारी दिए ।
कान्स फिल्म फेस्टिभल २०२५ मा ‘एक्लो’ को सहभागिता नेपाली सिनेमाको लागि एक महत्वपूर्ण उपलब्धि हो, जसले भविष्यमा नेपाली चलचित्रहरूको अन्तर्राष्ट्रिय बजारमा पहुँच विस्तार गर्ने मार्ग प्रशस्त गर्ने अपेक्षा गरिएको छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ फाल्गुन १८, सोमबार २०:०३आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध
कला, विचार/मनोरञ्जन२०८२ फाल्गुन १८, सोमबार १९:२१दाईभाईको कथा चलचित्र ‘हामी तीन भाई’ को टिजर सार्वजनिक
समाचार२०८२ फाल्गुन १८, सोमबार १५:५७मतदान सामग्री सहित टाढाका मतदान स्थलमा खटाइयो कर्मचारी
समाचार२०८२ फाल्गुन १८, सोमबार ०७:३९आज मध्यरातिदेखि मौन अवधि सुरु : मतदान नसकिएसम्म प्रचारप्रसार पूर्ण बन्द








