क्षितिज थेबे राष्ट्रिय युवा संघको अध्यक्षमा पुनः निर्वाचित

पोखरा । नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ नेपालको १०औँ राष्ट्रिय महाधिवेशनबाट क्षितिज थेबे दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका छन्। मंगलबार पोखरा सभागृहमा सम्पन्न निर्वाचनमा थेबेले सुमन पुरीलाई १८८ मतान्तरले पराजित गरे। थेबेले ७९६ मत प्राप्त गर्दा पुरीले ६०८ मत ल्याए। कुल १,७६४ प्रतिनिधिमध्ये १,४०४ जनाले मतदान गरेका थिए।
सर्वसम्मत नेतृत्व चयनको प्रयास असफल भएपछि निर्वाचन प्रक्रिया अघि बढाइएको थियो। सुमन पुरीले सर्वसम्मति अस्वीकार गरी निर्वाचनबाट नेतृत्व चयन गर्नुपर्ने अडान लिएका थिए। महाधिवेशनमा ३९९ जनाको उम्मेदवारी परेको थियो, जसमा ९ पदाधिकारीसहित १५१ सदस्यीय केन्द्रीय समिति र ४ विभागका १६३ पदका लागि निर्वाचन भएको थियो। ६४ पदमा भने निर्विरोध निर्वाचन सम्पन्न भएको थियो।
थेबेको प्यानलले अधिकांश पदमा जित हासिल गरेको छ। महासचिवमा थेबे प्यानलका महेश चौलागाईंले ७५५ मत ल्याउँदै पुरी प्यानलका कुबेर अधिकारी (६४९ मत) लाई पराजित गरे। उपाध्यक्षमा थेबे प्यानलका महाराज गुरुङ र विनय शाह, उपमहासचिवमा उपेन्द्र शाही, सचिवमा मदन भण्डारी, महिला सचिवमा निशा लिम्बु सुब्बा र मधेसी सचिवमा मोबिन अख्तर आलम विजयी भए। यस्तै, अनुशासन आयोग अध्यक्षमा महमद निजामुदिन (निजाम), निर्वाचन आयोग अध्यक्षमा मदन गिरी, लेखा आयोग अध्यक्षमा कृष्णदत्त जैसी र युवा विज्ञ परिषद् अध्यक्षमा चीन लामा निर्वाचित भए।
एमाले अध्यक्ष केपी शर्मा ओली निकट थेबेको नेतृत्वमा नवनिर्वाचित टोलीले युवा संघलाई थप गतिशील र संगठित बनाउने अपेक्षा गरिएको छ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=18393, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ बैशाख १७, बिहीबार ०१:१८पोखरामा तीन दिनसम्म जेसीज सप्ताहन्त, युवाका लागि विभिन्न कार्यक्रम
समाचार२०८३ बैशाख १६, बुधबार १९:२१श्रम कानून तथा श्रमसम्बन्धी अन्तरक्रिया
समाचार२०८३ बैशाख १६, बुधबार १९:०७दशौँ रारा पोखरा स्पोर्ट्स अवार्ड वैशाख ३१ मा, ९ विधामा सम्मान गरिने
समाचार२०८३ बैशाख १५, मंगलवार २०:२४पोखरामा जुवातास खेल्दै गरेका ८ जना ६३ हजार नगद सहित पक्राउ








