सुनको मूल्य २ सय रुपैयाँ घट्यो, चाँदी बढ्यो

काठमाडौं । अघिल्लो दिन प्रतितोला ४ हजार ८ सय रुपैयाँले बढेको सुनको मूल्य सोमबार २ सय रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला ३ लाख १ हजार ५ सय रुपैयाँ कायम भएको छ। आइतबार सुन प्रतितोला ३ लाख १ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।
पछिल्लो पाँच कारोबार दिनमा भने सुनको मूल्य प्रतितोला १७ हजार ७ सय रुपैयाँले बढेको छ। गत मंगलबार सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार ८ सय रुपैयाँ थियो।
यता, चाँदीको मूल्य भने प्रतितोला २५ रुपैयाँले बढेको छ। आइतबार ४ हजार ६ सय ४५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य सोमबार बढेर ४ हजार ६ सय ७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=22331, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ भाद्र १६, मंगलवार ११:३४युनाईटेड क्लब पोखरा द्वारा रसुवा बाढी प्रभावितलाई प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोष मार्फत १ लाख सहयोग
समाचार२०८३ भाद्र १५, सोमबार २०:३७व्यवसायीको सुझाव सुन्दै घरदैलोमा उत्तममान बुद्धाचार्य
समाचार२०८३ भाद्र १५, सोमबार ०२:३४अध्यक्षमा बुद्धाचार्यको दाबी : अनुभव र संस्थागत परम्परा नै जित्ने आधार
समाचार२०८३ भाद्र १५, सोमबार ०२:२५प्रेस क्लब गण्डकीको अध्यक्षमा पुनः एकराज गिरी सर्वसम्मत







