अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा पोखरा जेसीजले थिम सेमिनार सगैँ साहित्यिक साझ कार्यक्रम गर्ने

पोखरा । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा पोखरा जेसीजले बुधबार पोखरामा थिम सेमिनार र साहित्यिक कार्यक्रम आयोजना गर्ने भएको छ।
‘परिष्कृत युवा: सशक्त नेतृत्व’ बिषयमा आयोजना हुने थिम सेमिनारमा गण्डकी विश्वविद्यालयका कुलपति प्रा. डा. इन्द्रप्रसाद तिवारी, गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव मनकुमार श्रेष्ठ र जेनेरेशन जेडका युवा नेतृत्वकर्ता रक्षा वम वक्ताका रूपमा सहभागी हुनेछन्।
कार्यक्रममा युवाको नेतृत्व विकास, बदलिँदो परिवेशमा युवाको भूमिका तथा युवालाई नेतृत्वमा स्थापित गर्ने विषयमा छलफल हुने आयोजकले जनाएको छ।
यस्तै, पोखरा जेसीजले अन्तर्राष्ट्रिय युवा दिवसकै अवसरमा ‘साहित्यिक साझ कार्यक्रम’ समेत आयोजना गर्ने भएको छ। ‘शब्दमा युवा आवाज, सिर्जनामा युवा चेतना’ विषयमा हुने कार्यक्रममा बाबु त्रिपाठी, शिव त्रिपाठी, प्राञ्जल, गीता अधिकारी (जूनु) र ट्रुपक सहभागी हुनेछन्।
दुवै कार्यक्रम साउन २७ गते (अगस्ट १२) पोखरा सिर्जनाचोकस्थित साइमन पार्टी प्यालेसमा हुनेछन्। कार्यक्रम अपराह्न ४ बजे सुरु हुनेछ।
पोखरा जेसीजले युवाको क्षमता, नेतृत्व र सिर्जनशीलता विकासमा योगदान पुर्याउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागेको जनाएको छ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=22335, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ भाद्र १८, बिहीबार १२:२६भोटेकोशी बाढीमा १ हजार २५२ जनाको शव फेला
समाचार२०८३ भाद्र १८, बिहीबार १२:२५‘दोस्रो दौतरी कप विद्यालय स्तरीय फुटसल प्रतियोगिता’ हुने
समाचार२०८३ भाद्र १७, बुधबार २०:५९भोटेकोशी बाढी पीडितका लागि लेखनाथ उद्योग वाणिज्य सङ्घद्धारा राहत संकलन शुरु
समाचार२०८३ भाद्र १७, बुधबार १२:११रसुवा बाढीले खोस्यो जीवन







