‘राइड सेयरिङ’ को विरोधमा आज गण्डकीमा सार्वजनिक यातयात ठप्प

पर्वत- गण्डकी प्रदेश सरकारले कानूननै बनाएर नीजि सवारी साधन ‘राइड सेयरिङ’का लागि प्रयोग गर्न दिएको भन्दै गण्डकी प्रदेश अन्तर्गतका यातायात व्यवसायी आन्दोलनमा उत्रिएका छन् ।
आन्दोलनका कार्यक्रम अन्तर्गत आज गण्डकी प्रदेश अन्तर्गत सार्वजनिक यातयात बन्द हुँदा यात्रुहरु मर्कामा परेका छन् ।
नेपाल यातfयात व्यवसायी राष्ट्रिय महासंघ, सार्वजनिक यातायात केन्द्रिय महासंघ, नेपाल ट्रक यातायात व्यवसायी महासंघ, ढुवानी व्यवसायी महासंघ, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,नेपाल यातायात मजदुर संघले संयूक्त रुपमा आन्दोलनको कार्यक्रम तय गरेका हुन् ।
यातायात व्यवसायीले रातो प्लेट (नीजि सवारी साधन) लाई समेत यात्रु ओसारपसारमा प्रयोग गर्न दिँदा कालो प्लेट (सार्वजनिक सवारी साधन) का सार्वजनिक सवारी साधन सञ्चालक मर्का पर्ने बताउँदै ३ बुँदे माग अघि सारेका छन् ।
सरकारले वार्ताका लागि समिति बनाएर बार्तामा आउन आह्वान गरेपनि यातायात व्यवसायीले वार्तालाई अस्विकार गरी १६ जेठदेखि गण्डकी क्षेत्रमा सार्वजनिक यातयात व्यवसायी बन्द गरेका हुन् । यातयात ठप्प हुँदा पर्वतको कुश्माबजारदेखि लामो तथा छोटो दुरीमा यात्रा गर्ने यात्रुहरु चोक चोकमा अलपत्र परेका छन् ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ असार ६, शनिबार १०:०३राष्ट्रिय चलचित्र पुरस्कारमा उत्कृष्ट सम्पादक बने नहकुल खड्का
कला, विचार/मनोरञ्जन२०८३ असार ५, शुक्रबार २१:४६चलचित्र ‘सिन्दुरे जात्रा’ मंसिर ४ गते रिलिज हुने
कला, विचार/मनोरञ्जन२०८३ असार ५, शुक्रबार २१:३८सामाजिक कथावस्तुमा निर्माण गरिएको ‘हली’को टिजर सार्वजनिक
समाचार२०८३ असार ५, शुक्रबार १९:०८नीलकण्ठ नगरपालिकामा पालिका स्तरीय बृहत शैक्षिक सामग्री प्रदर्शनी सम्पन्न








