जिल्लास्तरीय अन्डर नाइन्टीन क्रिकेट प्रतियागीताको उपाधी नीलकण्ठ नगरपालिकाले जित्यो

धादिङ, १७ जेष्ठ ।धादिङवेशीमा आयोजना गरिएको प्रथम जिल्ला स्तरीय अन्तरपालिका १९ वर्ष मुनीको टी ट्वान्टी क्रिकेट प्रतियोगीताको उपाधी नीलकण्ठ नगरपालिकाले जितेको छ ।
धादिङ जिल्ला क्रिकेट संघको आयोजनामा धादिङवेशी खुल्लामन्चमा आयोजना गरिएको उक्त प्रतियोगीताको शनिवार भएको फाइनल खेलमा बेनिघाट रोराङ गाउँपालिकालाई ५४ रनले पराजित गर्दै नीलकण्ठ नगरपालिकाले उपाधी हात पारेको हो ।
टस जितेर बेनिघाट रोराङ गाउँपालिकाले बलिङ रोजेपछि नीलकण्ठ नगरपालिकाले पहिलो इनिङमा ब्याटिङ गरेको थियो । नीलकण्ठका ओपनिङ ब्याट्म्यान सुसान रेग्मी र सन्दिप श्रेष्ठको सतकीय साझेदारीमा नीलकण्ठ नगरपालिकाले निर्धारित १५ ओभरमा १ सय ५१ रन बनाएको थियो ।
ब्यक्तिगत रुपमा नीलकण्ठ नगरपालिकामा ब्याटर सन्दिप श्रेष्ठले ३१ बलमा ६१ रन जोड्दा अर्का ओपनर सुसान रेग्मीले ३५ बलमा ४५ रनको योगदान दिएका थिए । बलिङ तर्फ बेनिघाट रोराङ गाउँपालिकामा अनमोल पाण्डेले २ ओभरमा १७ रन दिएर ४ विकेट हात पारे । त्यस्तै बेनिघाटका अर्का बलर श्रीजन पाण्डेले ३ ओभरमा ३० रन खर्चिएर २ विकेट लिए ।
१ सय ५२ रनको टार्गेट लिएर दोश्रो इनिङमा ब्याटिङ गर्न आएको बेनिघाट रोराङ गाउँपालिका ९७ रनमा अलआउट हुँदा पराजीत हुन पुग्यो । बेनिघाट रोराङ गाउँपालिकाको सुरुवाती ब्याटरहरुले खासै रन बनाउन नसक्दा सुरुमै दवावमा परेको थियो । मध्यक्रमका ब्याटर इशाक मियाले ३५ बलमा नटआउट रहदै ब्यक्तिगत ५६ रनको योगदान दिएपछि बेनिघाटले सम्मानजनक स्कोर गर्न सफल भएको थियो । बेनिघाटका अर्का ब्याटर वीलियम श्रेष्ठले १६ बलमा १९ रनको योगदान दिएका थिए । बलिङ तर्फ नीलकण्ठ नगरपालिका कृतन गुरुङले ३ ओभरमा १२ रन खर्चिएर ३ विकेट लिएका थिए । त्यस्तै राहुल रोक्काले ३ ओभरमा १९ रन दिएर २ विकेट लिएका थिए ।
फाइनल खेलको म्यान अफ द म्याच नीलकण्ठ नगरपालिकाको लागि अर्धसतकीय पारी खेलेका ब्याटर सन्दिप श्रेष्ठ घोषित भए ।
प्रतियोगीताभरको उत्कृष्ट बलरको रुपमा नीलकण्ठ नगरपालिकाका आयुष भट्ट घोषित हुँदा उत्कृष्ट ब्याटर बेनिघाट रोराङ गाउँपालिकाका श्रीजन पाण्डे भए । त्यस्तै प्रतियोगीताभरकै उत्कृष्ट खेलाडीको रुपमा भने २ अर्धशतक सहित नीलकण्ठ नगरपालिकालाई उपाधी दिलाउन महत्वपुर्ण योगदान दिएका ब्याटर सन्दिप श्रेष्ठले हात पार्दा उदयीमान खेलाडीको उपाधी बेनिघाट रोराङ गाउँपालिका १२ वर्षिय खेलाडी अनमोल पाण्डेले पाए । उनीहरुलाइ विधागत रुपमा ट्रपी प्रदान गरियो ।
प्रतियोगीताकै अवसरमा धादिङ जिल्लामा जन्मिएर बागमती प्रदेशको प्रतिनिधित्व गदै राष्ट्रिय स्तरको महिला क्रिकेट खेलेका नीलकण्ठ नगरपालिका वडा नं ८ कि अप्सरा कुमाल र सिद्धलेक गाउँपालिका वडा नं ७ की सानिया गिरीलाई धादिङ जिल्ला क्रिकेट संघको तर्फबाट सम्मान गरिएको थियो ।
प्रतियोगीतालाई ब्यवस्थित रुपमा सम्पन्न गर्नको लागि नीलकण्ठ नगरपालिकाले मुख्य सहयोग गरेको थियो । त्यस्तै अन्तराष्टिय धादिङ समाज भारत शाखा र फिनल्याण्ड शाखाले क्रमशः नगद रु २० हजार र १५ हजार ५ सय रुपैया आर्थिक सहयोग गरेका थिए । त्यसैगरि धादिङ उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष रोहित भण्डारी र धादिङवेशी स्थित कैलाश हार्डवेयरका प्रोपाइटर अनिल केसीले ब्यक्तिगत रुपमा नगद सहयोग गरेका थिए ।
धादिङ जिल्ला क्रिकेट संघले धादिङको क्रिकेट खेलको विकासका लागि हरेक वर्ष उमेर समुह र पालिका स्तरीय प्रतियोगीता गर्दै आइरहेको छ । आगामी दशै तिहारको समयमा जिल्ला स्तरीय प्रतियोगीता सञ्चालन गर्ने तयारी गरिरहेको धादिङ जिल्ला क्रिकेट संघका अध्यक्ष दीपेश कडेलले बताएका छन् ।
विजेता खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथि बेनीघाट रोराङका पालिका अध्यक्ष कृष्ण बहादुर थपलिया (विवेक), विशेष अतिथि नीलकण्ठ नगरपालिकाका उप प्रमुख दिपक विश्वकर्मा, प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदी लगायतले पुरस्कार वितरण गरेका थिए ।
लेखकको बारेमा

- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ श्रावण १४, मंगलवार ०९:३२न्यूयोर्कमा भएको गोलीकाण्डमा प्रहरीसहित चार जनाको मृत्यु, पाँच गम्भीर घाइते
समाचार२०८२ श्रावण १३, सोमबार २२:२७सिन्धुलीबाट हराएका हायु परिवारका सबै १६ जना पोखरामा फेला परे
कला, विचार/मनोरञ्जन२०८२ श्रावण १३, सोमबार २१:३६पुजन काफ्लेको ‘छड्के तिलहरी’
समाचार२०८२ श्रावण १३, सोमबार १८:१७वीर अस्पताल सुधार भए समग्र स्वास्थ्य सेवा क्षेत्रको सुधार हुन्छः स्वास्थ्यमन्त्री पौडेल