Home परदेश ५० जनाको मृत्यु, आपतकालको घोषणा

५० जनाको मृत्यु, आपतकालको घोषणा

7
0

पाकिस्तानको बलुचिस्तान प्रान्तको दक्षिणपश्चिमी मास्तुङ जिल्लामा भएको विस्फोटमा परी ५० जनाको मृत्यु भएको छ । आत्मघाती रुपमा गराइएको विस्फोटमा परेर अन्य कयौं घाइते भएका छन् ।

धर्मगुरु मोहम्मदको जन्मोत्सवको अवसरमा मस्जिदमा शुक्रवारे प्रार्थना सभा भइरहेको समयमा विष्फोट भएको थियो । बलुचिस्तानका प्रान्तीय अधिकारीहरूले आतङ्वादीहरूले उक्त विष्फोट गराएका बताउँदै त्यसको निन्दा गरेका छन् ।

यद्यपी विष्फोटको हालसम्म कसैले पनि जिम्मा नलिएको स्थानीय प्रहरीले जनाएको छ । विस्फोट पछि स्थानीय प्रशासनले बलुचिस्तानमा आपतकालको घोषणा गरेको छ । यसैगरी आजै पेसावर शहरमा पनि विस्फोट भएको समाचार छ ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
Previous articleसरकार र राहत शिक्षकहरुबीच पाँच बुँदे सहमति, आन्दोलनका कार्यक्रम फिर्ता
Next articleअभिनेता केसी पक्राउ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here