धादिङमा विद्यालयस्तरीय क्षयरोग अभिमुखिकरण

धादिङ, १७ जेष्ठ । नेपाल क्षयरोग निवारण संस्था, जिल्ला कार्य समिति धादिङको आयोजनामा नेत्रावती डवजोङ गाउँपालिका वडा नं. १ बोराङ स्थित मंगलादेवी माध्यमिक विद्यालयमा एकदिने विद्यालयस्तरीय क्षयरोग सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
“क्षयरोगको संका लाग्ने बित्तिकै सकेसम्म छिटो स्वास्थ्य संस्थामा गई स्वास्थ्य र खकार परिक्षण गराऔँ“ भन्ने जनचेतनामूलक नाराका साथ आयोजना गरिएको यस कार्यक्रममा स्थानीय विद्यालयका शिक्षक, विद्यार्थी तथा समुदायका प्रतिनिधिहरूको सहभागीता रहेको थियो ।
कार्यक्रम विद्यालय तहमै क्षयरोग सम्बन्धी चेतना फैलाउने, प्रारम्भिक लक्षणबारे जानकारी दिने, रोगको पहिचान, उपचार र संक्रमण नियन्त्रणका उपायहरूबारे अवगत गराउने उदेश्यले संचालन गरिएको थियो ।
कार्यक्रममा नेपाल क्षयरोग निवारण संस्था धादिङ शाखाका सभापति चन्द्र बहादुर लम्साल, सचिव बलराम खत्रि, कार्य समितिका सदस्य केशरी पन्त र डाक्टर प्रेमराज फुयालले सहजीकरण गर्नु भएको थियो । कार्यक्रममा क्षयरोगको कारण, लक्षण, सर्ने तरिका, रोकथाम तथा उपचार सेवाबारे विस्तृत जानकारी दिँदै सचेत रहन सबैलाई आह्वान गरिएको छ ।
धादिङ जिल्लामा अझै पनि क्षयरोगका बिरामीहरू गोप्य रूपमा बस्ने, उपचारमा ढिलाइ गर्ने वा लक्षणलाई बेवास्ता गर्ने प्रवृत्ति देखिएकाले विद्यालयस्तरमै यस्तो अभिमुखिकरण कार्यक्रम आवश्यक भएको आयोजक संस्थाले जनाएको छ ।
कार्यक्रमले विद्यार्थीहरूमा क्षयरोगको विषयमा सकारात्मक सोच विकास गर्न मद्दत गरेको र उनीहरूलाई आफ्ना परिवार तथा समुदायमा पनि जानकारी प्रवाह गर्ने दूतको रूपमा तयार पार्ने अपेक्षा लिइएको छ ।
धादिङको दुर्गम भेगमा समेत स्वास्थ्य सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गर्दै आएको नेपाल क्षयरोग निवारण संस्था जिल्ला कार्य समिति धादिङले आगामी दिनमा अन्य विद्यालयहरूमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।
सोहि कार्यक्रमको अवसरमा पारेर क्षयरोग निवारण संस्था जिल्ला कार्यसमिति धादिङले उक्त बिद्यालयमा जुनियर नाटा समेत गठन गरेको छ । कृष्मा थापामगर अध्यक्षतामा १३ सदस्यिय जुनियर नाटा गठन गरिएको शाखाका सभापती चन्द्र बहादुर लम्सालले जानकारी दिनु भयो ।
लेखकको बारेमा

- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ असार २२, आईतवार ०९:२२भोजपुरमा एकै घरका चार जनाको हत्या
स्वास्थ्य/जानकारी टिप्स२०८२ असार २२, आईतवार ०९:१७उपचारका लागि अब नाडी छाम्न पर्दैन « रिपोर्टर्स नेपाल
कला, विचार/मनोरञ्जन२०८२ असार २२, आईतवार ०९:१७२० वर्षपछि व्याण्डसहित फर्कंदै विनय
खेलकुद२०८२ असार २२, आईतवार ०९:१०नेपाल एसियन कप खेल्नबाट वञ्चित « रिपोर्टर्स नेपाल