कडरियालाई यसवर्षको ‘स्वास्थ्यमन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार’ प्रदान

कडरियालाई यसवर्षको ‘स्वास्थ्यमन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार’ प्रदान

काठमाडौं, १८ जेठ । क्यान्सर काउन्सिल नेपाललाई यो वर्षको ‘स्वास्थ्यमन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार’ प्राप्त गरेको छ । विश्व सुर्तीजन्य पदार्थरहित दिवसको अवसर पारेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हिजो (शनिबार) काठमाडौंमा आयोजित विशेष समारोहमा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल, स्वास्थ्य सचिव डा विकास देवकोटा, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा टंकप्रसाद बाराकोटी लगायतले ५० हजार राशिको उक्त पुरस्कार क्यान्सर काउन्सिल नेपालका अध्यक्ष रुद्रलाल कडरियालाई प्रदान गरेका हुन् ।

कडरियासहित यसरी पुरस्कार पाउनेमा डा. तारासिंह बम (भाइटल स्ट्राटेजी), कल्पना आचार्य (हेल्थ टिभि अनलाइन), बुद्धि कटेल (मेडिकल पत्र), पुष्पराज चौलागाई (अनलाइनखबर) र लक्ष्मीनारायण देव रहेका छन् ।

सुर्तीजन्य पदार्थको आयात, उत्पादन, विक्रि वितरण तथा सेवन गर्ने कार्यलाई न्युनिकरण, नियन्त्रण तथा नियमन गर्ने कार्यमा उल्लेखनीय योगदान पुरयाएको भन्दै उनीहरुलाई पुरस्कृत गरिएको हो ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
यो पनि पढ्नुहोस् :  स्वास्थ्य बीमा कार्यक्रमलाई सफलतापूर्वक अघि बढाउन आवश्यक सुझाव दिनुस् :स्वास्थ्यमन्त्री 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 2   +   6   =