हड्तालको समस्या वार्ताबाट मिलाउन होटल संघको माग

पोखरा। होटल संघ पोखरा नेपालले गण्डकी प्रदेशमा जारी सार्वजनिक यातायात सेवामा गरिएको हड्तालका कारण पर्यटक र समग्र यात्रु वर्गले दुःख खेप्नु परेको भन्दै वार्ताका माध्यमबाट समस्या समाधान गर्न सम्वन्धित पक्षसँग माग गरेको छ ।
संघका अध्यक्ष लक्ष्मण सुवेदीले आइतबार जारी गरेको विज्ञप्तिमा सरकार र यातायात व्यवसायी वार्तामा बसेर समस्या समाधान गर्न र यातायात सेवालाई सुचारु गर्न अनुरोध गरिएको छ । विज्ञप्तिमा भनिएको छ– ‘व्यवसायीका तर्फबाट जेजस्ता मागहरु राखेर आन्दोलन गरिए पनि सरकार र व्यवसायी वार्ताका माध्यमबाट एउटा निश्कर्षमा पुगी सार्वजनिक यातायात सेवालाई सुचारु गर्ने वातावरणका लागि सम्वन्धित सबै पक्षलाई हामी हार्दिक अनुरोध गर्न चाहन्छौं ।’
पर्यटन व्यवसायीले विगतदेखि नै बन्द र हड्तालको विपक्षमा आवाज उठाउँदै आएको र बन्द तथा हड्तालका कारण पर्यटन क्षेत्र नकारात्मक रुपमा प्रभावित हुने विषय उल्लेख गर्दै संघले बन्द हड्तालले देशविदेशमा सकारात्मक सन्देश नजाने उल्लेख गरेको छ ।
पर्यटनका लागि सहज पहुँच र यातायात अनिवार्य शर्त भए पनि विगत तीन दिन देखि गण्डकी प्रदेश क्षेत्रमा सार्वजनिक यातायातका साधन संचालन हुन सकेका छैनन् । गण्डकी प्रदेश सरकारले ल्याएको राइड सेयरिङ नियमावली खारेजी लगायतका मागहरु राखेर यातायात व्यवसायी र सम्वन्धित मजदूरका तर्फबाट अगाडि बढाइएको आन्दोलनको प्रत्यक्ष मारमा यात्रु वर्ग पर्नु दुःखको कुरा भएको संघले जनाएको छ ।
पोखरालाई पर्यटनको राजधानी घोषणा गरिएको, पोखराले अहिले भ्रमण वर्ष २०२५ मनाउँदै गरेको र अन्नपूर्ण प्रथम हिमाल आरोहणको हिरक महोत्सव समेत मनाउने संघारमा गरिएको यातायात हड्तालको समस्या समाधानको उपाय वार्ता नै भएको अध्यक्ष सुवेदीले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
—
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=18473, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ फाल्गुन १८, सोमबार २१:४६साेमबार राति १२ बजेपछि मौन अवधि सुरु, यी काम गर्न पाइँदैन
समाचार२०८२ फाल्गुन १७, आईतवार १९:३२मौन अवधिमा सञ्चार माध्यमको दायित्व झन् बढीः सरोकारवाला
समाचार२०८२ फाल्गुन १७, आईतवार १५:३८कास्की २ का एमाले उम्मेदवार रश्मि आचार्यले सामाजिक संजालबाट आज बेलुकी ८ बजे मतदातासँग प्रत्यक्ष संवाद गर्ने
समाचार२०८२ फाल्गुन १७, आईतवार १३:४९इरानका सर्वोच्च नेता खामेनीको मृत्यु पुष्टि, ४० दिन राष्ट्रिय शोक घोषणा







