‘अफगानिस्तानको आगो’ पोर्चुगलमा लोकार्पण

लिस्बन– साहित्यकार रामप्रसाद पन्त (आरपी)द्वारा लिखित संस्मरणात्मक निबन्ध संग्रह ‘अफगानिस्तानको आगो’ पोर्चुगलमा लोकार्पण गरिएको छ ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) पोर्चुगलको आयोजनामा राजधानी लिस्बनमा एक कार्यक्रमका बीच उक्त संग्रहको लोकार्पण गरिएको हो ।
पुस्तकको लोकार्पण पोर्चुगलका लागि नेपाली राजदूत प्रकाशमणि पौडेल, लिस्बनस्थित नेपाली दूतावासका द्वितीय सचिव रामबाबु नेपाल, अनेसास पोर्चुगलका अध्यक्ष सवी श्रेष्ठ र लेखक पन्तले संयुक्त रूपमा गरेका थिए । कृतिमाथि साहित्यकार अर्जुन श्रीले समीक्षात्मक टिप्पणी गरेका थिए ।
पूर्व नेपाली सेनासमेत रहेका पन्तले पुस्तकमा रोजगारीका लागि विदेशिएका नेपालीले भोग्नुपरेका समस्या, पीडा, संघर्ष र कथाव्यथालाई प्रवासी नेपालीको साझा कथाका रुपमा चित्रण गरिएको बताए ।
उनले युद्धग्रस्त अफगानिस्तानमा कार्यरत नेपालीले भोग्नुपरेको पीडा, भय, त्रास र आफूले नजिकबाट नियालेका युद्धका दृश्य र भोगाइ नै पुस्तकको मुल विषयवस्तु रहेको बताए ।
वैदेशिक रोजगारीका सिलसिलामा झण्डै आधा दशक अफगानिस्तान रहेका पन्तले घरदेशदेखि परदेशसम्म र परदेशदेखि घरदेशसम्मको संघर्ष र यथार्थ भोगाइलाई निबन्धमार्फत प्रस्तुत गरेको बताए ।
पहिलो कृतिका रूपमा प्रकाशित पन्तको उक्त पुस्तकमा ११ वटा निबन्ध संग्रहित छन् । जसमा लेखकका जीवनसंघर्षका भोगाइहरू, युद्धबाट आक्रान्त अफगानिस्तानमा कार्यरत नेपालीहरूको अवस्था र उनीहरूका परिवारले भोग्नुपरेको पीडा तथा वेदना समेटिएका छन्
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ बैशाख १९, शनिबार २०:१०चलचित्र ‘तिमी मेरो म तिम्रो’ निर्माणको घोषणा
खेलकुद२०८३ बैशाख १९, शनिबार ०७:३५दिल्लीले राजस्थानलाई हरायो, आज चेन्नई र मुम्बई भिड्दै
स्वास्थ्य/जानकारी टिप्स२०८३ बैशाख १९, शनिबार ०७:१३११ वर्षीया प्रियंकाको आठ वर्षपछि आँखाको ज्योति फर्किँदा…
समाचार२०८३ बैशाख १९, शनिबार ०६:४२सुरक्षित, समावेशी तथा दिगो ‘डिजिटल इकोसिस्टम’ निर्माण सरकारको प्रमुख प्राथमिकता होः सञ्चारमन्त्री तिमिल्सिना








