तराईको कथामा आधारित ‘अभिमन्यु : च्याप्टर–१’को पोस्टर सार्वजनिक

तराईको कथामा आधारित ‘अभिमन्यु : च्याप्टर–१’को पोस्टर सार्वजनिक

काठमाडौं। चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’ले पोस्टर सार्वजनिक गर्दै काउन्ट–डाउन सुरु गरेको छ । सयदिने काउन्ट–डाउन सुरु गर्दै निर्माण टिमले आज पोस्टर पनि सार्वजनिक गरेको छ । पोस्टरमा उल्लेख भएअनुसार अब यो सिनेमा रिलिज हुन ९९ दिन बाँकी छ । ‘अभिमन्यु’ आगामी भदौ २७ गते रिलिज हुँदैछ ।

पोस्टर तराइको सेटअपमा छ । धानबारीको फाँट र छेउमा केराको बगानले तराईको सेटअप देखाउँछ । धानबारीमा एक युवकले सानी नानीलाई सरकारी स्कुलको पोसाकमा आफ्नो हातमा किताब र कपी च्यापेर बोकेर लैजाँदै गरेको देखिन्छ । उनीहरू दुवै मधेसी समुदायका छन् । चलचित्रको कथा बारे निर्माण टिमले केही जानकारी दिएको छैन ।

चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’ अहिले पोस्टप्रोडक्सनमा छ । मुख्य भूमिकामा सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, किरण श्रेष्ठ, प्रकाश दाहाल, कामेश्वर चौरासिया, सुष्मा निरौला छन् । चलचित्रको थिम पोस्टरले चक्रव्यूह र पैसाबीचको संघर्षलाई प्रस्तुत गर्ने संकेत गरेको छ । पैसाको प्रलोभनमा चक्रव्यूहमा फस्ने र त्यहाँबाट उम्किन खोज्ने व्यक्तिको संघर्षको सिनेमाको मुख्य कथा भएको बताइएको छ ।

सेभेन सिज सिनेमाको प्रस्तुति निर्माण भएको सिनेमा ‘अभिमन्यु : च्याप्टर–१’लाई सुशान्त गौतमले निर्देशन गरेका छन् । यो उनको डेब्यु निर्देशन हो ।मुकेश खनालको लेखन रहेको चलचित्रको क्रिएटिभ निर्देशक मदन थापा हुन् । थापाले यसअघि चलचित्र ‘बाटो : रोड टु डेथ’ निर्देशन गरेका थिए । ‘अभिमन्यु : च्याप्टर–१’ का निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् । रमेश चौलागाई र हरि श्रेष्ठ सह–निर्माता रहेको चलचित्रका कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ रहेका छन् ।

जीवन शाक्य लाइन प्रोड्यूसर रहेको यस चलचित्रमा आकाश उखेडा मुख्य सहायक निर्देशक, मदन घिमिरे सम्पादक, सरोज श्रेष्ठ निर्माण नियन्त्रक रहेका छन् । ‘अभिमन्यु’मा शरद महतोको डिओपी रहेको छ । यो चलचित्र विश्वभर एक साथ हिन्दी र नेपाली भाषामा रिलिज हुनेछ ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 7   +   9   =  

Protected by Spam Master