नुवाकोटमा प्रथम मेयर कप क्रिकेट प्रतियोगिता आयोजना

नुवाकोट- नुवाकोटको विदुरमा प्रथम मेयर कप क्रिकेट प्रतियोगिता आयोजना गरिएको छ । सो प्रतियोगितामा सहभागी खेलाडीहरूको बिमा गरिएको छ ।
विदुर नगरपालिकाले क्रिकेटको विकास र विस्तारका साथै खेलाडीहरूको पहिचानका लागि पहिलो पटक यही जेठ २९ गते बिहीबार देखी ’प्रथम विदुर मेयर कप अन्तर वडा स्तरीय ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको आयोजना गरेको छ । विदुरमा सोमवार आयोजित पत्रकार सम्मेलनमा मेयर राजन श्रेष्ठले यसवाट खेल पर्यटनको वृद्धि हुनेसमेत अपेक्षा गरे ।
विदुर नपा ६ पिपलटारस्थित खेल मैदानमा हुने सो प्रतियोगिता सञ्चालनार्थ १० लाख रुपैयाँ खर्च हुने मेयर श्रेष्ठले बताउनुभयो । प्रतियोगिताको उपाधि ५० हजार तथा उपविजेताले २५ हजार रुपैयाका साथै शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्ने जनाइएको छ ।
प्रत्येक खेलको म्याच अफ दि म्याच तथा प्रतियोगितामा विभिन्न विद्यामा उत्कृष्ट भएकालाई समेत नगद पुरस्कार प्रदान गरिने छ । प्रतियोगिता अवधिभर प्रत्येक खेलाडीहरूको तीन लाख रुपैयाँ बराबरको दुर्घटना बिमा गराइने उपमेयर प्रभा बोगटीले बताउनुभयो ।
प्रतियोगितामा १० टिमको सहभागिता रहने अपेक्षा गरिएको छ । सोमवारसम्म प्रतियोगिताको सचिवालयमा आठ वटा वडावाट क्रिकेट टिम दर्ता भइसकेको प्रमुख प्रशासकीय अधिकृत सुभाकर पौडेलको भनाई छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ पुष १२, शनिबार १९:२५एड्भान्स एकेडेमीका विद्यार्थी र अभिभावकको लागि सकारात्मक सोच र मनोपरामर्श कार्यक्रम
समाचार२०८२ पुष १२, शनिबार १८:३१निर्वाचन तयारीबारे छलफल गर्न एमालेले बोलायो सचिवालय बैठक
कला, विचार/मनोरञ्जन२०८२ पुष १२, शनिबार १५:५७‘कल्ली’को बलियो टिजरः सौगात र बेनिशाको देवता कि राक्षस ?
स्वास्थ्य/जानकारी टिप्स२०८२ पुष १२, शनिबार १५:१५बाल शल्य चिकित्सक संघको अध्यक्षमा थापा चयन, यस्तो बन्यो समिति…







