कोटिहोममा आज सम्म ८ हजार जल सहित कलश वितरण

पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा ८ हजार कलश वितरण गरिएको छ ।
गत सोमबार यज्ञको पूर्णाहुतिसँगै महायज्ञ स्थलमा रहेका जल सहितको कलश भक्तजनलाई वितरण गरिएको महायज्ञ प्रचार प्रसार संयोजक लेखराज ढकालले जानकारी दिए । उनका अनुसार अव केही जल सहितको कलश रहेको हुनाले सचिवालयमा सम्पर्क गरेर भक्तजनले लैजान सक्नेछन् ।
धेरैजसो भक्तजनले पहिले नै कलश बुकिङ गरेका थिए भने कतिपय भक्तजनले हवन समापन पछि पैसा तिरेर जल सहितको कलश लिएर गएका हुन् । एउटा कलशको १ हजार ३ सय र दुई वटा लैजाँदा २ हजार ५ सय रुपैयाँ लाग्ने छ । कोटिहोममा ११ हजार शोभा कलश यात्रा गरिएको थियो ।
यज्ञको पूर्णाहुतिसँगै आजबाट भष्म र तिलक वितरण गर्ने भनिएता पनि लामो समयको होमनका कारण तातो भएर वितरण गर्न सकिएको थिएन । अव ३१ गते नै इट्टा, भष्म र तिलक सहित प्रसाद वितरण गरिने महायज्ञ प्रचार प्रसार संयोजक लेखराज ढकालले जानकारी दिए । उनका अनुसार १ सय रुपैयाँ तिरेर हवन कुण्डमा रहेका इट्टा पनि घरमा लान पाइने व्यवस्था रहेको छ ।
कोटिहोममा आज भागवत मञ्जरी राधिका दासीले सहभागिता भक्तजनलाई प्रसाद वितरण गरेकी थिइन् । महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजले गण्डकी कोटिहोममा यही जेठ ३१ गते सम्म प्रवचनात्म कार्यक्रमहरू भइरहेको हुँदा विश्वविख्यात कथा वाचक वाचिकाहरुको मुखारविन्दबाट अमृतरूपी कथा श्रवणपान गर्न नछुटाउन सबैलाई आग्रह गरे ।
गत सोमबार चर्चित धर्मगुरु कालिदास बाबा (काली बाबा) ले यज्ञको पूर्णाहुति गरेसँगै कोटिहोमको विधिवत् यज्ञ पूर्णाहुतिको साथसाथै फूलपाती विसर्जन र भगवान् मुक्तिनाथको पूजा अर्चना गरी अनुष्ठान पक्ष समापन गरिएको महायज्ञका निर्देशक शङ्कर खरालले जानकारी दिए।
उनले फूलपाती विसर्जनमा यज्ञका आचार्य मण्डल, कर्ताहरू र घोरपझोङ गाउँ पालिका मुस्ताङ प्रमुख मोहन सिंह लालचन र मुक्तिनाथ गाउँ पालिकाका प्रमुख प्रशाकिय अधिकृत युवराज अधिकारी, कागवेनी र मुक्तिनाथ धार्मिक समिति लगायत सबै सबैमा आभार धन्यवाद व्यक्त गरे ।
यसै गरी आज नै आचार्य गुरुहरूलाई बिदाइ पछि यज्ञका प्रमुख आचार्य लक्ष्मण भण्डारीले बौद्धिक मन्त्र जप सहित हवनको प्रसाद स्वरूप महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराज माला प्रदान गरे । त्यस क्रममा यज्ञका प्रमुख आचार्य लक्ष्मण भण्डारीले हाम्रो जीवनकालमा प्राय असम्भव हुन यो कोटिहोमको जति नै तारिफ गरे नि कम हुने बताए ।
‘४ सय व्राह्मणलाई एकै ठाउँमा एउटै आचरणमा राख्नु काम चानेचुने थिएन’ उनले भने,‘ यज्ञ यत्र तत्र सर्वत्र हुन्छ, एउटा सङ्कल्पकर्ताले गरेको हामी प्रतिको सच्चा श्रद्धाले हामीलाई भाव विह्वल बनाएको छ ।’ कोटिहोममा आचार्य ब्राह्मण, सहयोग गर्ने सङ्घ संस्था, भजन समूह वाद्यवादन समूहलाई सम्मान सहित बिदाइ गरिएको थियो ।
महायज्ञ सम्म पनि मानव सेवा फाउन्डेसनलाई सहयोग गरी मानवीय सेवा जोडिन सकिने भएकोले पनि छुटेका भक्तजनलाई सचिवालयमा आएर सम्पर्क गर्न मानव सेवा फाउन्डेसनका व्यवस्थापक विष्णु थापाले जानकारी दिए । कोटिहोममा भक्तजनले आर्थिक सँग जग्गा दान पनि गरेका छन् ।
भागवत मञ्जरी राधिका दासीले कोटिहोममा जेठ १७ देखि श्रीमद्भागवत कथा वाचन गरिरहेकी छन् । उनले जेठ ३१ सम्म कथा वाचन गर्ने कार्यक्रम रहेको छ । पोखरा–१७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिरको जग्गा र आसपासका स्थानीयको जग्गामा कोटिहोम सञ्चालन भइरहेको छ । कोटिहोम जेठ ३१ गतेसम्म सञ्चालन हुनेछ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ असार ९, मंगलवार ०८:२२चाम्सको निर्देशनमा मदनकृष्ण श्रेष्ठको जीवनमाथि चलचित्र ‘मदनकृष्ण’ बन्ने
खेलकुद२०८३ असार ९, मंगलवार ०७:०६मेस्सीको दुई गोलको मद्दतमा अर्जेन्टिना नकआउट चरणमा
समाचार२०८३ असार ९, मंगलवार ०६:५९सिद्धलेकले ल्यायो ६० करोड ५० लाखको बजेट
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार ८, सोमबार १२:५७नारायणी अस्पतालमा ‘हिमोफिलिया उपचार केन्द्र’ सञ्चालनमा








