विपद् व्यवस्थापनमा तीन तहको सरकारबिच सहकार्य जरुरीः उपप्रमुख डंगोल

काठमाडौँ- काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले विपद् व्यवस्थापन र विपद्जन्य जोखिम न्यूनीकरणका लागि तीन तहको सरकारबिच आवश्यक समन्वय र सहकार्य जरुरी रहेको बताउनुभएको छ ।
सशस्त्र प्रहरी बल नेपाल २४ गुल्म हेड क्वाटरको आयोजनामा सञ्चालन गरिएको मनसुनजन्य विपद् प्रतिकार्य कृक्तिम अभ्यासलाई सम्बोधन गर्दै उपप्रमुख डंगोलले यस्तो बताउनुभएको हो ।
सङ्कटको बेलामा स्थानीय तह नै नागरिकको सबैभन्दा नजिकको सरकार भएको हुँदा विपद् जोखिम न्यूनीकरणका लागि स्थानीय सरकारको भूमिका समेत महच्त्वपूर्ण हुने उहाँको भनाइ छ । संघ, प्रदेश र स्थानीय सरकारबिच नीति निर्माणमा मात्र नभई विपदको जोखिम न्यूनीकरण र उद्धारमा पनि समन्वय अपरिहार्य रहेको बताउनुभयो ।
‘‘स्थानीय सरकार जनताको सबैभन्दा नजिकको सरकार र स्थानीयलाई समस्या पर्यो भने सम्झिने सरकार पनि हो । जोखिममा परेका नागरिकको उद्धार गर्नका लागि स्थानीय सरकारको एकदमै महत्त्वपूर्ण भूमिका हुन्छ । संविधानको भावनाअनुरुप तीन तहको सरकार र सरकारका विभिन्न निकायहरुबीच सहकार्य र सहअस्तित्व हुन निकै जरुरी पनि छ । नीति निर्माणमा मात्र नभई विपद्जन्य जोखिममा परेका नागरिकको उद्धारमा पनि सहकार्य र समन्वय हुन जरुरी छ ।,’’ उहाँले भन्नुभयो, ‘‘त्यसको एउटा उदारहण आजको कार्यक्रम हो । विपद्जन्य घटना हुनु अगावै दक्ष जनशक्ति तयार हुुनु हामी सबैको आवश्यकता हो । विपद् प्रतिकार्यको दक्ष जनशक्तिको अभावमा धेरै क्षति भयो भन्नेकुरा सुन्न नपरोस् भन्नको लागि आज नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्टाउट, रेडक्रस र महानगरबिचको समन्वयमा तालिम प्रदान गरिएको हो ।’’
सशस्त्र प्रहरी बल नेपाल का वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सुरेशकुमार श्रेष्ठले नेपाल प्राकृतिक प्रकोपका दृष्टिकोणले संवेदनशील मुलुक भएको उल्लेख गर्दै जलवायु परिवर्तनको प्रभावले बाढी र पहिरोको जोखिम बढेको बताउनुभयो । उहाँले विपद् प्रतिकार्यमा सुरक्षाकर्मीहरूको दक्षता अभिवृद्धिका कृतिम अभ्यासहरु सबै स्थानीय तहमा आयोजना हुनुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो, ‘‘नेपाल भौगोलिक बनावटले गर्दा प्राकृतिक प्रकोपको दृष्टिकोणले एकदमै संवेदनशील छ । नेपाल जलवायु परिवर्तनको हिसावले चौथो र बाढी पहिरोको हिसाबले ३०औँ अति जोखिम राष्ट्रहरुमध्येमा रहेको छ । काठमाडौँ उपत्यकामा पनि केही वर्षदेखि जल प्रकोपका घटनाहरु बढिरहेको हामीले अनुभव गरिरहेका छौँ । बाढी तथा डुबानको कारण उपत्यउकामा वर्षेनी ठुलो धनजनको क्षति हुँदै गइरहेको छ । यो वर्ष सरदरभन्दा बढी पानि पर्ने र विपद्का घटनाहरुमा समेत वृद्धि हुने देखिन्छ ।’’
पछिल्ला वर्षहरुमा काठमाडौँ उपत्यामा समेत बाढी र डुबानका कारण ठुलो धनजनको क्षति भएको उल्लेख गर्दै उहाँले आवश्यक पूर्वतयारी र जनशक्तिलाई तालिम प्रदान गर्नुपर्नेमा जोड दिनुभयो ।
लेखकको बारेमा

- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ श्रावण १५, बुधबार १६:१९नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा बानियाँ निर्वाचित
समाचार२०८२ श्रावण १५, बुधबार ११:१४धादिङका गोविन्द लम्साल आन्तरिक मामिला तथा कानुन मन्त्री नियुक्त
समाचार२०८२ श्रावण १५, बुधबार १०:४४म्याग्दीको गाजनेमा स्याउको परीक्षण उत्पादन सफल – फोटो फिचर
स्वास्थ्य/जानकारी टिप्स२०८२ श्रावण १५, बुधबार १०:३५बेनी अस्पतालमा ज्येष्ठ नागरिकलाई सहुलियतमा उपचार