युनिकनद्वारा फुटबल खेल सामग्री वितरण तथा प्रशिक्षण शुरु

पोखरा। युनाइटेड कम्युनिटी नेपाल (युनिकन) संस्थाले ‘फुटबल फोर फ्युचर’ कार्यक्रम अन्तर्गत कन्या माध्यमिक विद्यालय, पोखराका छात्राहरूलाई फुटबल खेल सामग्री वितरण गर्नुका साथै निःशुल्क प्रशिक्षण शुरु गरेको छ । संस्थाले प्रशिक्षार्थीहरूलाई जर्सी सेट, फुटबल बुट, मोजा, खुट्टामा लगाउने प्याड वितरण गर्नुका साथै विद्यालयको लागि ३ वटा फुटबल वितरण गरेको थियो ।
कार्यक्रमको मुख्य उद्देश्य सहभागीहरूको फुटबल सीप विकास गर्नुको साथसाथै कथा वाचन, व्यक्तिगत क्षमता विकास, लैङ्गिक समता, वातावरणीय उत्तरदायित्व र दिगोपनासम्बन्धी प्रशिक्षण गराइनेछ । पाँच ओटा विद्यालयमा छुट्टाछुट्टै सञ्चालन हुने यस प्रशिक्षणको अन्तमा पोखरा रंगशालामा उक्त विद्यालयहरूबीच प्रतिस्पर्धा गराइनेछ ।
कार्यक्रममा संस्थाको उपाध्यक्ष जुनादेवी पुन तिलिजाले शुभकामना मन्तब्य राख्दै छात्राहरूको लागि यो एउटा सुनौलो अवसर भएको र यस प्रशिक्षण कार्यक्रमबाट फुटबलको आधारभूत सीप सिक्नुका साथै यस क्षेत्रमा कसरी करिअर बनाउन सकिन्छ भन्ने ज्ञान हासिल गर्न सकिने कुरा बताउनुभयो ।

त्यस्तै, विद्यालयका प्रधानाध्यापक प्रेम बुढाथोकीले अनुशासित भएर सीप सिक्नुपर्ने कुरामा जोड दिनुभएको थियो । साथै उहाँले खेलले पढाइ बिग्रन्छ भन्ने आम मानिसको बुझाई भएकाले खेलको साथसाथै पढाईलाई राम्रोसँग अगाडि बढाउन आग्रह गर्नुभयो ।
कार्यक्रम बोल्दै एएफसि ‘सि’ लाइसेन्स प्राप्त प्रशिक्षक सुमन गुरुङले अनुशासनले मानिसलाई सफल बनाउने भएकाले अनुशासित भएर सिक्न आग्रह गर्नुभएको थियो ।
विद्यालयको अतिरिक्त समयमा सञ्चालन हुने उक्त कार्यक्रम छ महिनासम्म चल्नेछ भने उक्त प्रशिक्षण कार्यक्रममा कन्या माध्यमिक विद्यालयबाट २१ जना छात्राहरूको सहभागिता रहेको छ ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=18829, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ भाद्र २८, आईतवार १७:२७छेङ्दुमा १२ नेपाली युवा: सुपरकम्प्युटिङ र रोबोटिक्सदेखि प्राचीन सभ्यतासम्मको यात्रा
समाचार२०८३ भाद्र २८, आईतवार ०४:००रेवान पोखराको अध्यक्षमा वसन्त गौतम सर्वसम्मत
समाचार२०८३ भाद्र २५, बिहीबार २१:३७प्रदेश प्रमुखसमक्ष प्रदेश लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस
समाचार२०८३ भाद्र २५, बिहीबार १३:२४होटल संघ पोखराद्वारा राहत कोषमा २९ लाख बढी सहयोग








