‘लडाइँ पहिचानको’ मंसिर ५ देखि देशभर, पोस्टरसहित प्रदर्शन मिति सार्वजनिक

काठमाडौँ। भीम लामा फिल्मस्को ब्यानरमा निर्माण गरिएको चलचित्र ‘लडाइँ पहिचानको’ ले आफ्नो पहिलो पोस्टरसँगै औपचारिक रुपमा प्रदर्शन मिति सार्वजनिक गरेको छ। फिल्म मंसिर ५ गतेदेखि देशभर प्रदर्शनमा आउने भएको छ।
नयाँ सार्वजनिक पोस्टरमा दुई जोडीलाई पारम्परिक र सांस्कृतिक पहिरनमा रोमान्टिक भावमा प्रस्तुत गरिएको छ, जसले फिल्मको मूल विषयवस्तु प्रेम, जातीय पहिचान र सांस्कृतिक विविधतालाई संकेत गर्छ।
फिल्ममा गायक तथा अभिनेता प्रशान्त तामाङ र नव-नायिका जेनी तामाङ मुख्य भूमिकामा देखिँदैछन्। साथमा करिश्मा मानन्धर र धिरेन शाक्यको विशेष उपस्थितिले चलचित्रको कथालाई अझै गहिराइ दिने अपेक्षा गरिएको छ।
यसबाहेक, राजेन्द्र खड्गी, सुरबिर पण्डित, प्रेम सुब्बा, किशोर साम्बाहाम्फे, अरुण कुमार प्रधान, शार्मिला राई, पशुराम चौधरी, सुवास योञ्जन, दिनेश कोइराला, दिलु सुब्बा, रामजी बिष्ट, नवीन म्यान्याङ्बो, पवि तेम्बे, रोशन शर्मा, छिरिङ शेर्पा, डम्बर कुमारी लिम्बु, अम्बिका ढकाल र सुदीप लिम्बु सहित कोशी प्रदेशका दर्जनौं कलाकारहरू फिल्ममा आवद्ध छन्।
यो फिल्मको निर्माताहरूमा भिम लामा, दिलु सुब्बा, रामजी बिष्ट र उमेश तामाङ छन् । यस्तै सम्पादन रमेश विश्वकर्मा, नृत्य निर्देशन मीन कुमार लिम्बु र सानुराजा लिम्बु, एक्सन निर्देशन देव महर्जन र छायांकन मदन कायस्प घिमिरेले गरेका छन् । ‘लडाइँ पहिचानको’ एक सामाजिक कथा हो, जसले प्रेमसँगै पहिचान र समाजको मुद्दालाई उठाउने प्रयास गरेको निर्देशक भिम लामाको भनाई छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ भाद्र ८, सोमबार ०९:४३‘मिसेस भोग सीजन फोर’ को घोषणा » Celebrity Nepal
खेलकुद२०८३ भाद्र ८, सोमबार ०८:२९बार्सिलोनाको फराकिलो जित
कला, विचार/मनोरञ्जन२०८३ भाद्र ७, आईतवार २२:५६ललितपुरकी तिशा शाक्यले जितिन् मिस नेवाः नेपालको ताज
समाचार२०८३ भाद्र ७, आईतवार २०:४७लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने मन्त्री चौधरीको प्रतिबद्धता









