भोटेकोसी तथा त्रिशूली नदी छेउछाउका नागरिकलाई सावधानी अपनाउन अनुरोध

रसुवा- जिल्ला प्रशासन कार्यालय रसुवाले चीनको सिमाना बाट बहने भोटेकोसी तथा लेन्दे खोलामा पानीको बहाव बढ सक्ने भन्दै भोटेकोसी तथा त्रिशूली नदी छेउछाउमा बसोबास गर्ने नागरिकहरूमा आवश्यक पूर्व तयारी र सावधानी अपनाउन अनुरोध गरेको छ ।
जल तथा मौसम विज्ञान विभाग र चिनियाँ पक्षले नेपाल र चीनको सिमाना क्षेत्रमा केही दीन भारी वर्षा हुन सक्ने भन्दै वर्षाका कारण नदीको बहाव बढ्दा बिपतको जोखिम हुन सक्ने सूचना पठाए सँगै जिल्ला प्रशासन कार्यालय रसुवाले प्रेस विज्ञप्ति मार्फत सूचना जारी गरेको हो ।
असार चौबीस गते मङ्गलवार भएको क्षतिलाई आत्मा साथ गर्दै नदी आसपासमा रहेका कार्यालयहरू,निमार्णधिन जलविद्युत आयोजना तथा सम्पन्न भई संन्चालनमा आएका बिद्युत् उत्पादन केन्द्रहरूमा थप क्षति हुने भएकाले आम जनसमुदायहरू पूर्व तयारी एवं सावधानी अपनाउन अनुरोध गरिएको छ ।
विशेष गरी खोला तथा नदीहरूको छेउछाउका बस्तीहरूमा बढी जोखिम हुने भएकाले विशेष गरी रातको समयमा सर्वसाधारणलाई सतर्क रहन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले बताउनुभयो । वर्षा याममा बाढी र पहिरोको बिपतका घटना घटेमा तत्काल जिल्ला प्रशासन कार्यालय रसुवामा खबर गर्न समेत अनुरोध गरिएको छ ।
नेपालमा सक्रिय मनसुनी प्रणाली र छिमेकी चीनको तिब्बत क्षेत्रमा पनि मनसुनी प्रणाली सक्रिय हुने र वर्षाका कारण भोटेकोसी, त्रिशूली, चिलिमे लाङटाङ लगायतका नदीमा पानीको बहाव बढ्न सक्ने भन्दै प्रशासनले सतर्कता अपनाउन अनुरोध गरेको हो ।

लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ पुष १३, आईतवार २१:३७बिचौलिया र गलत पात्रलाई शासनबाट टाढा राखे मात्रै समाज सुध्रिन्छ : मन्त्री शिवराज अधिकारी
समाचार२०८२ पुष १३, आईतवार २०:३२जाडोमा आगो ताप्दा सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह
समाचार२०८२ पुष १३, आईतवार १९:३५डा. शाक्यको ‘मेरो गीतभित्र’ बजारमा
स्वास्थ्य/जानकारी टिप्स२०८२ पुष १३, आईतवार १५:११गाउँमा विशेषज्ञसहितको स्वास्थ्य शिविर « रिपोर्टर्स नेपाल







