सहारा क्लब र एजी एक्सप्रेस कार्गोबीच सम्झौता

पाेखरा ।
पोखराको सहारा क्लब र एजी एक्स एक्सप्रेस कार्गो काठमाडौंबीच सम्झौता भएकाे छ। मंगलबार क्लबको भवनमा आयोजित एक एक कार्यक्रमबीच सहारा क्लबका अध्यक्ष केशवराज बराल र एजी एक्सप्रेस कार्गो एन्ड कुरियर कम्पनीका प्रतिनिधि तुलसी उप्रेतीबीच सहयोग सम्झौता भएको हो ।
अबदेखि विदेशमा सामान पठाउँदा प्रयोग हुने एजी एक्सप्रेसको सेवाबाट क्लबलाई पनि सहयोग पुग्नेछ।
सम्झौता अनुसार, विदेशमा पठाइने सामग्रीको ग्लोबल सेल मूल्यअनुसार प्रति केजी पाँच रुपैयाँ क्लबलाई वार्षिक रूपमा प्राप्त हुने छ ।
साथै क्लबका सदस्य, सल्लाहकार र विदेशस्थित शाखा संस्थाहरू – सहारा युके, हङकङ र अष्ट्रेलियाका लागि एजी एक्सप्रेसले १० प्रतिशत छुट दिनेछ। क्लवका अध्यक्ष अध्यक्ष बरालले सहकार्यलाई क्लबको सामाजिक अभियानमा थप ऊर्जा दिने विश्वास व्यक्त गरे ।
यस्ता साझेदारीबाट क्लब अझ बलियो हुँदै जाने उहाँले बतानुभयो। सहारा आवासीय एकेडेमीका बालबालिकाको शिक्षा र पुनःस्थापनामा यस्ता अभियानले प्रत्यक्ष लाभ पुग्ने क्लवले विश्वास गरेको छ ।
एजी एक्सप्रेसका तुलसी उप्रेतीले अहिले २० देशमा सेवा दिइरहको बताए । कम्पनीको वार्षिक कारोबार करिब २० टन रहेको उनकाे भनाई छ ।
सम्झौताको अवधि एक वर्षको हुनेछ, जसलाई आवश्यक परे आपसी सहमतिमा थप गर्न सकिने सम्झौता पत्रमा उल्लेख छ।
कार्यक्रममा सहारा हङकङका संस्थापक अध्यक्ष दिपक गुरुङ, वरिष्ठ उपाध्यक्ष तथा एकेडेमी संयोजक पूर्णबहादुर गुरुङ, पोखरा प्रतिनिधि रजत आचार्य, क्लबका पूर्व अध्यक्षहरू हरिराम गुरुङ, विरभद्र आचार्य, बिक्रम थकाली लगायतको उपस्थिति थिए ।
यो सम्झौता आउँदो आर्थिक वर्ष २०८२ साउन १ गतेदेखि लागू हुनेछ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=18972, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ भाद्र ७, आईतवार ०६:०५गरिमा हत्या प्रकरणमा सरकार–परिवारबीच सहमति, शालिक निर्माणदेखि कानुन संशोधनसम्म
समाचार२०८३ भाद्र ६, शनिबार २०:२५फेज–टु यात्रामा सल्युट गोर्खाका १०७ प्रशिक्षार्थी, बिदाइसँगै सफलताकाे शुभकामना
समाचार२०८३ भाद्र ५, शुक्रबार १०:४१पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा गौतमको उम्मेदवारी
समाचार२०८३ भाद्र ४, बिहीबार १९:०६पोखरामा भदौ २० गते ‘ओशो मेगा क्याम्प’ आयोजना हुँदै







