सहारा क्लब र एजी एक्सप्रेस कार्गोबीच सम्झौता

पाेखरा ।
पोखराको सहारा क्लब र एजी एक्स एक्सप्रेस कार्गो काठमाडौंबीच सम्झौता भएकाे छ। मंगलबार क्लबको भवनमा आयोजित एक एक कार्यक्रमबीच सहारा क्लबका अध्यक्ष केशवराज बराल र एजी एक्सप्रेस कार्गो एन्ड कुरियर कम्पनीका प्रतिनिधि तुलसी उप्रेतीबीच सहयोग सम्झौता भएको हो ।
अबदेखि विदेशमा सामान पठाउँदा प्रयोग हुने एजी एक्सप्रेसको सेवाबाट क्लबलाई पनि सहयोग पुग्नेछ।
सम्झौता अनुसार, विदेशमा पठाइने सामग्रीको ग्लोबल सेल मूल्यअनुसार प्रति केजी पाँच रुपैयाँ क्लबलाई वार्षिक रूपमा प्राप्त हुने छ ।
साथै क्लबका सदस्य, सल्लाहकार र विदेशस्थित शाखा संस्थाहरू – सहारा युके, हङकङ र अष्ट्रेलियाका लागि एजी एक्सप्रेसले १० प्रतिशत छुट दिनेछ। क्लवका अध्यक्ष अध्यक्ष बरालले सहकार्यलाई क्लबको सामाजिक अभियानमा थप ऊर्जा दिने विश्वास व्यक्त गरे ।
यस्ता साझेदारीबाट क्लब अझ बलियो हुँदै जाने उहाँले बतानुभयो। सहारा आवासीय एकेडेमीका बालबालिकाको शिक्षा र पुनःस्थापनामा यस्ता अभियानले प्रत्यक्ष लाभ पुग्ने क्लवले विश्वास गरेको छ ।
एजी एक्सप्रेसका तुलसी उप्रेतीले अहिले २० देशमा सेवा दिइरहको बताए । कम्पनीको वार्षिक कारोबार करिब २० टन रहेको उनकाे भनाई छ ।
सम्झौताको अवधि एक वर्षको हुनेछ, जसलाई आवश्यक परे आपसी सहमतिमा थप गर्न सकिने सम्झौता पत्रमा उल्लेख छ।
कार्यक्रममा सहारा हङकङका संस्थापक अध्यक्ष दिपक गुरुङ, वरिष्ठ उपाध्यक्ष तथा एकेडेमी संयोजक पूर्णबहादुर गुरुङ, पोखरा प्रतिनिधि रजत आचार्य, क्लबका पूर्व अध्यक्षहरू हरिराम गुरुङ, विरभद्र आचार्य, बिक्रम थकाली लगायतको उपस्थिति थिए ।
यो सम्झौता आउँदो आर्थिक वर्ष २०८२ साउन १ गतेदेखि लागू हुनेछ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=18972, citypokhara.com
लेखकको बारेमा

लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ आश्विन ३०, बिहीबार ११:०८सुनको भाउ नयाँ रेकर्ड: प्रतितोला साढे दुई लाख नाघ्यो
समाचार२०८२ आश्विन २९, बुधबार १९:१८१८ औं भाइटिका महोत्सव हुँदै
समाचार२०८२ आश्विन २९, बुधबार १८:३४काउन्सिलद्वारा तथ्य जाँच कार्यदल गठन
समाचार२०८२ आश्विन २९, बुधबार १४:१५ओलीले भने-‘भदौ २३ र २४ का घटना देश सिद्ध्याउने योजनाअनुसार भएका हुन्’