नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालबाट मिनी ट्रक खस्दा दुई जना घाइते

चितवन- त्रिशूली नदी किनारमा एक मिनी ट्रक खसेको छ । चितवनको नारायणगढ-मुग्लिन सडकखण्डमा पर्ने सिमलतालबाट सो ट्रक खसेको चितवन प्रहरीले जनाएको छ ।
भारतबाट काठमाडौंतर्फ जाँदै गरेको यूपी ३२ जेड एन ७८८३ नम्बरको मेवा बोकेको आयसर मिनी ट्रक आफैं अनियन्त्रित भएर सडकबाट ८० मिटर तल खसेको छ ।
सो दुर्घटनामा ट्रक चालक भारतको लखनउ बस्ने २१ वर्षीय आशिक यादव र सहचालक सोही ठाउँका २० वर्षीय उत्तर सिंह घाइते भएका छन् ।
उनीहरु दुवैको भरतपुर अस्पतालमा उपचार भैरहेको छ । थप विवरण आउन बाकी रहेको चितवन प्रहरीले जनाएको छ ।
उक्त दुर्घटना भएको स्थान, भरतपुर महानगरपालिका–२९ स्थित सिमलताल, विगतमा पनि घातक दुर्घटनाको स्मरणसँग जोडिएको छ । ठीक एक वर्षअघि, २०८१ असार २८ गते, यही स्थानबाट दुईवटा यात्रुबाहक बस त्रिशूली नदीमा खस्दा ३९ जना यात्रु बेपत्ता भएका थिए ।
ती बसहरूमा ६२ जना यात्रु सवार थिए । तीमध्ये ३ जनाले पौडिएर ज्यान जोगाएका थिए भने २० जनाको शव फेला परेको थियो। बाँकीको हालसम्म पनि अत्तोपत्तो छैन ।
सिमलताल सडकखण्डलाई जोखिमयुक्त बिन्दुको रूपमा चिनिन्छ । यहाँ नियमितरूपमा सडक सुरक्षा व्यवस्थापन र सावधानीका लागि सम्बन्धित निकायको ध्यान केन्द्रित गरिनुपर्ने स्थानीयवासीको माग छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ असार २८, आईतवार १२:२९पोखरा कलेज अफ म्यानेजमेन्टमा विद्यार्थीद्वारा नमुना पत्रकार सम्मेलन, व्यावहारिक सीप विकासमा जोड
खेलकुद२०८३ असार २८, आईतवार ११:०२आज किन कालो पट्टी बाँधेर मैदान उत्रिए अर्जेन्टिनी खेलाडी?
खेलकुद२०८३ असार २७, शनिबार २१:४६आज आमने-सामने हुँदै हालान्ड र केन, कसको खेल कस्तो?
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार २७, शनिबार १३:४८बुद्धनगरमा आत्मदाह प्रयास गरेका राउतकाे आईसीयूमा उपचार हुँदै









