पेट्रोलियम पदार्थमा बढाएको मूल्य फिर्ता

काठमाण्डौं,१४ असोज
नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा बढाएको मूल्य फिर्ता लिएको छ । निगमले एक विज्ञप्ति जारी गर्दै आजै राति १२ बजेबाट लागु हुने गरी वृद्धि भएको मूल्यवृद्धि फिर्ता गरिएको जानकारी दिएको हो ।निगमले गएराति १२ बजेदेखि लागु हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो । चाडबाडको मुखैमा ग्यास सिलिण्डलमा दुई सय १५ रुपैयाँ मूल्यवृद्धि भएपछि सरकारको चौतर्फी आलोचना भएको थियो ।
चाडबाडको बेलामा सरकारसँग आवश्यक परामर्श नै नगरी मूल्य बढाइएको भन्दै प्रधानमन्त्रीले समेत असन्तुष्टि जनाउनुभएको थियो ।
त्यसबारे छलफल गर्न प्रधानमन्त्रीले आजै दिउँसो मन्त्रीपरिषद् बैठक बोलाउनुभएको थियो ।बैठकले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिने निर्णय गरेको थियो। निगमले गएराति पेट्रोलमा प्रतिलिटर दुई, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ र खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २१५ रुपैयाँ बढाउने निर्णय गरेको थियो ।मूल्य बढेसँगै आजदेखि ग्यासको मूल्य प्रतिसिलिण्डर दुई हजार ११० पुगेको थियो । तर मूल्य फिर्ताको निर्णय भएसँगै यस अघिकै मूल्य कायम भएको छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८३ असार २७, शनिबार २१:४६आज आमने-सामने हुँदै हालान्ड र केन, कसको खेल कस्तो?
कला, विचार/मनोरञ्जन२०८३ असार २७, शनिबार १२:३६‘माया भनेकै यस्तो होला’को पोस्टर सार्वजनिक, दिलको हल्दी डे झल्कियो
कला, विचार/मनोरञ्जन२०८३ असार २७, शनिबार ११:३२निर शाहको ‘कमला मिस’ को पोस्टर सार्वजनिक
खेलकुद२०८३ असार २७, शनिबार ०६:५९स्पेन फिफा विश्वकपको सेमिफाइनलमा « रिपोर्टर्स नेपाल









