अदालतले अनमोललाई ३ दिन हिरासतमा राख्न दियो अनुमती

अभिनेता अनमोल केसीलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ।
जिल्ला अदालत काठमाडौँका न्यायाधीश कृष्ण प्रसाद सुवेदीले अनमोललाई थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएका हुन्।
शुक्रबार पक्राउ परेको र शनिबार सार्वजनिक बिदा भएकाले उनलाई अदालतमा उपस्थित गरिसकेको थिएन। आइतबार सरकारी वकिल कार्यालयमार्फत अदालतमा पेश गरिएको थियो। पक्राउ परेको दिन, हिजो र आज गरी तीन दिनको म्याद दिएको हो। अनमोललाई पुन: सोमवार अदालतमा उपस्थित गराउनुपर्छ ।
आपराधिक विश्वासघात गरेको कसुरमा उपत्यका अपराध अनुसन्धान कार्यालयले केसीलाई शुक्रवार (असोज १२) मा पक्राउ गरेको थियो ।
रावायण फिल्म खेल्छु भनेर १० लाख पेस्की लिएर खेल्न आनाकानी गरेपछि निर्माण युनिटले उनीविरुद्ध ‘आपराधिक विश्वासघात’ गरेको कसुरमा जाहेरी दिएका थिए।
लेखकको बारेमा

- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ भाद्र २८, शनिबार ०९:३५नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत, मोदीले दिए बधाई
समाचार२०८२ भाद्र २७, शुक्रबार २३:२४नवनियुक्त प्रधानमन्त्री कार्की: ‘निडर स्वभाव र सरल जीवनशैलीको पर्याय’
समाचार२०८२ भाद्र २७, शुक्रबार १२:०३निर्वाध रुपमा पेशा व्यवसाय गर्न पाउने सुनिश्चितताका लागि सुरक्षा प्रदान गरिदिन महासंघको माग
समाचार२०८२ भाद्र २६, बिहीबार २१:३१धादिङमा चार ठूला दलको संयुक्त विज्ञप्ति : संविधान र लोकतान्त्रिक प्रक्रियामार्फत निकास