नीता हरिहरको ‘पार्वती’ टिमले बाढीपीडितलाई दियो ११ लाख

काठमाडौं । गत मंगलबार रसुवा जिल्लाको भोटेकोशीमा आएको अकल्पनिय बाढीले ठुलो जनधनको क्षति गर्यो। रसुवा,नुवाकोट,धादिङ लगायत आसपासका जिल्लामा बाढीको क्षतिको विवरण अझैँ आउन बाँकी छ। सोही बाढी पिडितका लागि हलमा प्रदर्शनरत फिल्म ‘पार्वती’को टिमले प्रधानमन्त्री दैवीप्रकोप उद्वार कोषमा ११ लाख ३ हजार २७० रुपैया रकम प्रदान गर्ने घोषणा गरेका छन्। अर्थमन्त्रालय पुगेर अर्थमन्त्री स्वर्निण वाग्लेलाई निर्देशक नीता ढुङ्गाना, निर्माता हरिहर अधिकारी,कार्यकारी निर्माता शंकर पाण्डे,वितरक करण श्रेष्ठका साथै पत्रकार प्रकाश सुवेदीले प्रदान गरेका हुन्।
शुक्रबार देशभरबाट घरेलु बक्सअफिसमा २५ लाख ९३ हजार रुपैयाँ ग्रस कमाइबाट निर्माताले पाउने कुल रकम कोषलाई प्रदान गरिएको हो।
यस फिल्मकी निर्देशक नीता ढुङ्गानाले आफुले यो कल्पनिय घटनामा परेका पिडितलाई राहत स्वरुप उक्त रकम सरकारी कोषमा जम्मा गरेको बताईन्। उनले भनिन्,‘निर्माताको भागमा आउने ११ लाख ३ हजार २७० रुपैयाँ प्रधानमन्त्री कोषमा प्रदान गरेका छौँ। यो रकमले बाढी पिडितका लागि थोरै भए पनि राहत मिल्न सक्छ।’
निर्देशक ढुंगानाले आफूले पैसा कमाउन मात्र नभएर कर्मको लागि पनि भोटेकोशी बाढी पीडितलाई रकम प्रदान गरेको बताईसकेकी छन्। उनको यो महानकार्यको चौतफी प्रशंसा भइरहेको छ।
उनले यो फिल्म चलुन्जेलको ५% बाढी पिडितलाई दिने निर्णय गरेको बताएकी छन्। निर्माता हरिहर अधिकारले अर्थमन्त्री स्वर्णिम वाग्लेमार्फत रकम कोषमा प्रदान गरेको बताए। उनले भने,‘हामीले पहिलो दिनको रकम कोषमा राखेका हौँ। यो बाहेक छुट्टै पनि कोषको क्यआरमा राखिदिएका छौँ।’
यस फिल्मका अर्का अभिनेता तथा बालगायक अशोक दर्जीले पनि २५ हजार कोषमा जम्मा गरिदिएका छन्। बाढी पिडितले सयौ घर बगाएको अवस्थामा फिल्म हेर्न दर्शक सोचे अनुसारको पुगेका छैनन्, तर निर्माण पक्षधर समय परिस्थितिको मारमा छन्।
यो फिल्मको सोमबार पनि देशभरका हलमा शो उल्लेखनिय मात्रामा छ। भोली मंगलबार देशभरका हलमा शो संख्या एक सय भन्दा बढि छ। निर्देशक नीताकै मुख्य भुमिका रहेको यो फिल्ममा अशोक दर्जी,दीपाश्री निरौला, सिरु विष्ट,राज पंगेनी शर्मा, राजेन्द्र नेपाली,आशा पौडेल,दिप्त प्रकाश अधिकारी, राधिका कँडेल लगायतको मुख्य भूमिका छ ।
निर्देशक ढुङ्गानाकै कथा तथा पटकथा,शिवम् अधिकारीको लेखन रहेको यो फिल्मका कार्यकारी निर्माता शंकर पाण्डे हुन्।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८३ कार्तिक १७, सोमबार २१:०५चितवनलाई हराउँदै सुदूरपश्चिम रोयल्सको दोस्रो जित
समाचार२०८३ कार्तिक १७, सोमबार २०:३८चितवनलाई ५ विकेटले पराजित गर्दै सुदूरपश्चिम विजयी
समाचार२०८३ कार्तिक १७, सोमबार १९:१४एड्भान्स एकेडेमीमा आजदेखि खेलकुद सप्ताह सुरु
कला, विचार/मनोरञ्जन२०८३ कार्तिक १७, सोमबार ११:२३व्यवसायसँगै कला क्षेत्रमा पहिचान बनाउँदै बिक्रम खड्का









