प्रधानमन्त्री ओलीले आज संसदमा विशेष सम्बोधन गर्नुहुँदै

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको आजको बैठकलाई विशेष सम्बोधन गर्दै हुनुहुन्छ ।
प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाको आज दिउँसो एक बजे बस्ने बैठकमा विशेष सम्बोधन गर्नुहुने नेकपा (एमाले) का मुख्य सचेतक महेशकुमार बर्तौलाले राससलाई जानकारी दिनुभयो ।
सरकारले एक वर्षमा गरेका प्रमुख उपलब्धि, आगामी प्राथमिकता तथा सङ्घीय संसद्मा प्रमुख प्रतिपक्षी दललगायतका विपक्षी दलबाट उठाइएकालगायत समसामयिक विषयवस्तुमा केन्द्रित रही उहाँले सम्बोधन गर्नुहुनेछ ।
संसद्को नियमित कार्यसूचीअन्तर्गत प्रतिनिधिसभा नियमावलीबमोजिम सांसदहरूले सोध्नुभएको प्रश्नको समेत प्रधानमन्त्री ओलीले आजै जवाफ दिनुहुने कार्यक्रम यसअघि नै तय भएको संसद् सचिवालयले जनाएको छ ।
लेखकको बारेमा

- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ श्रावण ८, बुधबार २०:३२आन्तरिक द्वन्द्वका कारण प्राप्त उपलब्धि गुम्ने खतरा: उपप्रधानमन्त्री
स्वास्थ्य/जानकारी टिप्स२०८२ श्रावण ८, बुधबार १८:४९सामाजिक सुरक्षा कोषले श्रमिक र परिवारको स्वास्थको सम्पूर्ण जिम्मा लिने
समाचार२०८२ श्रावण ८, बुधबार १८:३१जेन्जीः समाज रूपान्तरणको संवाहक कि जोकर ?
समाचार२०८२ श्रावण ८, बुधबार १७:१९पूर्वमन्त्री टोपबहादुर रायमाझीको मुद्दामा १८ गते पेसी तोकियो