सुर्यविनायक वडा ७ को समन्वयमा बृहत निःशुल्क स्वास्स्थ्य शिविर सम्पन्न

काठमाडौं । वीर अस्पतालको १३६ औँ स्थापना दिवसका अवसरमा सुर्यविनायक नगरपालिका वडा नं ७, गुण्डूको समन्वयमा भएको निशुल्क बृहत स्वास्थ्य शिविर सम्पन्न भएको छ । सूर्यविनायक वडा नं ७ गूण्डूका स्थानीय एवं आसपासका बासिन्दाहरु कुल सेवा ग्राही संख्या १४६४ जनाले स्वास्थ्यलाभ लिएका थिए ।
२६ वटा रोगहरुको परिक्षण गरिएकोमा एकै व्यक्तिले विभिन्न सेवा लिने क्रममा ४५३१ वटाको बिशेषज्ञ डाक्टरहरुद्वारा निशुल्क स्वास्थ्य उपचार एवं परीक्षण गरिएको थियो । स्वास्थ शिविरमा वीर अस्पतालका निर्देशक दिलिप शर्मासहित ५० जना डाक्टर तथा १२५ स्वास्थ्यकर्मीहरुको सहभागी रहेको थियो ।
बृहत स्वास्थ्य शिविरको निरीक्षण पूर्वमन्त्री महेश बस्नेत, सुर्यविनायक नगरपालिकाका नगरप्रमुख बासुदेव थापा, नेकपा एमाले भक्तपुरका जिल्ला अध्यक्ष वचन देउजा, नेपाली कांग्रेसका भक्तपुर जिल्ला सचिव सुशील बस्नेत, सुर्यविनायक नगपालिकाका स्वास्थ्य शाखा प्रमुख वसन्त चापागाईं, नेसनल प्याव्सन भक्तपुरका अध्यक्ष संजय खड्का लगाएतले गर्नु भएको थियो ।
साथै सामुदायिक सेवा केन्द्र कटुज्यबाट अध्यक्ष संन्तोष ढुङेल तथा सामुदायिक प्रहरी, स्काउट ग्रुप, ट्राफिक प्रहरी, रेडक्रस लगाएतको उपस्थिति रहेको थियो । निरिक्षणमा उपस्थित अतिथिहरुले निशुल्क बृहत् स्वास्थ्य शिविर आफ्नो वडामा ल्याई कुशल ब्यवस्थापन एवं ऐतिहासिक रुपमा वडाबासीहरुको उपस्थितिमा स्वास्थ्यलाभ गराउन सफल भएकोमा वडा अध्यक्ष रविन्द्र सापकोटालाई बधाई एवं धन्यवाद प्रकट गरेका थिए ।
कार्यक्रम समापनमा वडा कार्यालयको तर्फबाट वीर अस्पताललाई शिविर आयोजना संचालन गरि दिएकोमा तथा हिमाल एकेडेमीले कार्यक्रम स्थान उपलब्ध गराएकोमा उच्च मुल्यांकन गर्दै वडा अध्यक्ष रबिन्द्र सापकोटाले कदर पत्र प्रदान गरेका थिए । सूर्यविनायक नगरपालिकाका प्रवक्ता एवं सामाजिक विकास समितिका संयोजक समेत रहेका सापकोटाले निशुल्क बृहत स्वास्थ्य शिविरमा जटिल रोग देखि सामान्य रोग समेतको परिक्षण भएकाले वास्तव मै शिविरले सेवाग्राहि लाभान्वित भएको बताए ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ असार २८, आईतवार १२:२९पोखरा कलेज अफ म्यानेजमेन्टमा विद्यार्थीद्वारा नमुना पत्रकार सम्मेलन, व्यावहारिक सीप विकासमा जोड
खेलकुद२०८३ असार २८, आईतवार ११:०२आज किन कालो पट्टी बाँधेर मैदान उत्रिए अर्जेन्टिनी खेलाडी?
खेलकुद२०८३ असार २७, शनिबार २१:४६आज आमने-सामने हुँदै हालान्ड र केन, कसको खेल कस्तो?
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार २७, शनिबार १३:४८बुद्धनगरमा आत्मदाह प्रयास गरेका राउतकाे आईसीयूमा उपचार हुँदै








