अभिनेता अनमोल केसी हिरासत मुक्त

काठमाडौं । अभिनेता अनमोल केसी हिरासत मुक्त भएका छन् । उनलाई खोजेको बेला उपस्थित हुने गरी अभिभावकको जिम्मा लगाएको प्रहरीले जनाएको छ ।
जिल्ला अदालतले ३ दिन हिरासतमा राख्न अनुमति दिए पनि उनलाई अनुसन्धानका लागि हिरासतमा राख्नुपर्ने अवस्था नदेखिएकाले रिहा गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ताले जानकारी दिए ।
चलचित्र ‘रावायण’मा काम गर्ने भनेर १० लाख रुपैयाँ पेस्की रकम लिएको तर पछि विभिन्न बहाना बनाएर काम गर्न नमानेको भन्दै निर्देशक सुदर्शन थापाको कम्पनी सुदर्शन थापा प्रोडक्सनको तर्फबाट सुप्रिया कटुवालले यही असोज ८ गते अनमोलविरुद्ध प्रहरीमा उजुरी दिएकी थिइन् । त्यही उजुरीको आधारमा उनी पक्राउ परेका थिए ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ भाद्र १६, मंगलवार १२:११विजय र पूजाले सुरु गरे ‘रत्यौली’को छायांकन » Celebrity Nepal
समाचार२०८३ भाद्र १६, मंगलवार ०७:०१आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
स्वास्थ्य/जानकारी टिप्स२०८३ भाद्र १५, सोमबार २१:४३गत वर्षसम्मको स्वास्थ्य बिमाको भुक्तानी सम्पन्न
समाचार२०८३ भाद्र १५, सोमबार २१:२९विपद्मा सहयोगको हात लिएर तुप्चे पुगे धादिङका लायन्स









