प्रतिभा मा.वि.मा पहिलो त्रैमासिक परीक्षाकाे नतिजा सार्वजनिक

पोखरा ।
प्रतिभा माध्यमिक विद्यालय, पोखरा–३ नदिपुरले पहिलो त्रैमासिक परीक्षाकाे नतिजा शनिबार सार्वजनिक गरेकाे छ।
मन्टेश्वरीदेखि कक्षा १० सम्मकाे नतिजा सार्वजनिक कार्यक्रममा अभिभावक, शिक्षक र विद्यार्थीहरूको सहभागिता रहेको थियो। जहाँ अभिभावकहरूसँग विद्यार्थीको अध्ययन अवस्था, व्यवहार र सुधारका सम्भाव्य उपायहरूबारे प्रत्यक्ष संवाद गरिएको थियो।

विद्यालयका उपप्रधानाध्यापक बुद्धि मोहन पौडेलले विद्यालयको आगामी शैक्षिक योजना र प्राथमिकताबारे जानकारी दिए । उनका अनुसार पहिलो त्रैमासिक परिक्षाकाे नतिजाकाे आधारमा पढाइमा सुधार आवश्यक देखिएका विद्यार्थीहरूलाई लक्षित गरी अतिरिक्त कक्षा सञ्चालन गरिनेछ।

पौडेलले पढाइलाई अझ प्रभावकारी बनाउनका लागि आधुनिक प्रविधिको प्रयोग गरि शिक्षण प्रक्रिया भईरहेकाे जानकारी दिए । साथै, विद्यार्थीको सर्वांगीण विकासका लागि इन्डोर क्रियाकलापहरू (जस्तै: वक्तृत्व,हस्तलेखन, चित्रकला, कविता,लेखन, चेस आदि) मा समेत विशेष जोड दिइने जानकारी दिए ।

विद्यालयकी मन्टेश्वरी काे-अर्डिनेटर निर्मला सुवेदीले बालबालिकाकाे सर्वांगीण विकासका लागि विद्यालयले आगामी दिनमा अझ प्रभावकारी योजना ल्याउने बताईन् ।
उनले विद्यालय शैक्षिक सुधार, अनुशासन र सृजनशीलताको दिशामा अघि बढिरहेको उल्लेख गरिन्।

विद्यालयले गत असार २० गतेदेखि २८ गतेसम्म पहिलाे त्रैमासिक परीक्षा सञ्चालन गरेेकाे थियाे ।
विद्यालयले वार्षिक परीक्षा सहित चार वटा परीक्षा र अतिरिक्त ४ वटा मासिक परीक्षा सञ्चालन गर्ने गरेकाे छ ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=19057, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ भाद्र ३०, मंगलवार १४:३८हिमालयपारिको अविस्मरणीय यात्रा : चीनमा सिकेका सात दिन
समाचार२०८३ भाद्र ३०, मंगलवार ०७:३४फ्र्याङ्कलिन एजुकेशन कन्सल्टेन्सीद्वारा रसुवा बाढीपीडितलाई राहत
समाचार२०८३ भाद्र २८, आईतवार १७:२७छेङ्दुमा १२ नेपाली युवा: सुपरकम्प्युटिङ र रोबोटिक्सदेखि प्राचीन सभ्यतासम्मको यात्रा
समाचार२०८३ भाद्र २८, आईतवार ०४:००रेवान पोखराको अध्यक्षमा वसन्त गौतम सर्वसम्मत








