धुनिवेशीको कुमाईखोलामा ट्याक्सी दुर्घटना, ६ जना घाइते

धादिङ, साउन १२ गते ।
धादिङको धुनिवेशी नगरपालिका–५ स्थित कुमाईखोलाको धार्के–सितापाइला भित्री सडक खण्डमा सवारी दुर्घटना भएको छ । सोमबार बिहान काठमाण्डौँबाट चितवनतर्फ जाँदै गरेको बा.२.ज.२९९५ नम्बरको ट्याक्सी दुर्घटना भएको हो ।
दुर्घटनामा सवारी साधनमा सवार ६ जनामध्ये २ जना मध्यम र ४ जना सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी डिएसपी सुवास हमालले जानकारी दिनुभयो ।
घाइते हुनेहरूमा सोलुखुम्बुको दूधकुण्ड गाउँपालिका–३ कि ४१ वर्षीय मिना खड्का, २४ वर्षीय सागर खड्का, २१ वर्षीय सन्जु खड्का, १६ वर्षीय जस्मिन खड्का, र सात वर्षीया जेशिका गुरूङ रहेका छन् । सिन्धुपाल्चोक, २३ वर्षका ट्याक्सी चालक दिनेश दंगाल पनि सामान्य घाइते भएका छन् ।
ट्याक्सी अनियन्त्रित भई सडकबाट झन्डै ५ मिटर तल खोल्सामा पल्टिँएको हो ।
घाइतेहरुलाई तत्काल उद्धार गरी थप उपचारका लागि ट्रमा सेन्टर काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। ट्याक्सी घटनास्थलमै रहेको छ।
दुर्घटनापछि इलाका प्रहरी चौकी जिवनपुरबाट प्रहरी निरीक्षक विजय यादवको कमान्डमा टोली खटी घटनास्थलमा पुगेको थियो। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ फाल्गुन १०, आईतवार १६:१७नेप्से परिसूचक २७ अङ्कले घट्यो
कला, विचार/मनोरञ्जन२०८२ फाल्गुन १०, आईतवार १४:३२विराज र सुपुस्पा फिचर्ड ‘राम नाम सत्य’ को पहिलो गीत सार्वजनिक
स्वास्थ्य/जानकारी टिप्स२०८२ फाल्गुन १०, आईतवार १३:२१सुदूरपश्चिममा डेङ्गुबाट तीन वर्षमा सात हजारभन्दा बढी प्रभावित
समाचार२०८२ फाल्गुन १०, आईतवार ११:४९खरानीको थुप्रोमा सत्ताको मृगतृष्णा







