प्रदेश प्रमुखको स्वास्थ्यमा समस्या: नवनियुक्त मन्त्रीहरूको शपथ स्थगित

मकवानपुर- बागमती प्रदेश सरकारका नवनियुक्त मन्त्रीहरूको शपथग्रहण कार्यक्रम स्थगित गरिएको छ । आज दिउँसो Ps बजेका लागि तय गरिएको सपथ समारोह तत्कालका लागि रोकिएको हो ।
प्रदेश प्रमुखको कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार प्रदेश प्रमुखको स्वास्थ्यमा अचानक समस्या देखिएपछि उपचारका लागि काठमाडौं जानुभएको छ । सोही कारण प्रदेश प्रमुखको निर्देशनमा सपथ समारोह अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको जनाइएको छ ।
मुख्यमन्त्री लामाले रिक्त पाँच मन्त्रालय मध्ये तीन वटामा बुधबार मन्त्री नियुक्त गर्नुभएको थियो। हिजो गर्ने भनिएको शपथ नेकपा एमालेको आग्रहमा आजको लागि सारिएको थियो । मुख्यमन्त्री लामाले गोविन्द लम्साल, माया श्रेष्ठ र गीता गुरुङ लाई मन्त्री नियुक्त गर्नुभएको थियो ।
मुख्यमन्त्री लामाले लम्साललाई आन्तरिक मामिला तथा कानून मन्त्रालय, श्रेष्ठलाई युवा तथा खेलकुद मन्त्रालय र गुरुङलाई सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी दिने निर्णयसहित प्रदेश प्रमुखसमक्ष पत्राचार गर्नुभएको थियो ।

लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८२ पुष १४, सोमबार १५:४४नेपाली परिवेशमा आधारित सिट्कम सिरिज ‘लट्ठक’ सार्वजनिक
कला, विचार/मनोरञ्जन२०८२ पुष १४, सोमबार ११:०२आ बाट आमा’को शीर्ष गीतको कभर सङ र अभिनय गर्नुहोस् ५० हजार जित्नुहोस्
समाचार२०८२ पुष १३, आईतवार २१:३७बिचौलिया र गलत पात्रलाई शासनबाट टाढा राखे मात्रै समाज सुध्रिन्छ : मन्त्री शिवराज अधिकारी
समाचार२०८२ पुष १३, आईतवार २०:३२जाडोमा आगो ताप्दा सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह







