धादिङको बेल्खुमा ३ वटा सवारी साधन ठोक्किए

धादिङ- पृथ्वी राजमार्गको गल्छी-मलेखु सडक खण्डमा पर्ने बेल्खु भन्ने स्थानमा ३ ओटा सवारीका साधनहरु एक आपसमा ठक्कर खाँदा सात जना यात्रु घाइृते भएका छन् । घाइते मध्ये दुईको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङका प्रमुख सुरज श्रोष्ठका अनुसार काठमाण्डौँबाट चितवनतर्फ जाँदै गरेको ना ७ ख २८२७ नम्बरको तेल ट्याङ्कर र विपरित दिशातर्फबाट आउँदै गरेको बाग्मती प्रदेश ०१– ०३२ च ०१४८नम्बरको योद्धा पिकअप र बाग्मती प्रदेश ०१०६ख८१७५ नम्वरको माईक्रोबस एक आपसमा ठोक्किएका थिए ।
दुर्घटनामा परी घाइते भएकाहरु मध्ये सात जनालाई थप उपचारका लागि काठमाण्डौँ लगिएको छ ।।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८२ कार्तिक २४, आईतवार ०९:०८सन्तोष र प्रियनाको ‘बयान’ ले मिलियन भ्युज पार्यो
समाचार२०८२ कार्तिक २४, आईतवार ०६:४९सार्वजनिक सेवा प्रसारण (पिएसबी) नेपालको प्रथम वार्षिकोत्सवमा राष्ट्रपति पौडेल सहभागी हुने
समाचार२०८२ कार्तिक २३, शनिबार २१:३३‘लाइटिङ’ प्रणालीमा समस्या आउँदा हवाई उडान प्रभावित
कला, विचार/मनोरञ्जन२०८२ कार्तिक २३, शनिबार १०:५२चलचित्र ‘प्रतिवैरम’ को छायांकन सम्पन्न







