कक्षा कोठामै विद्यार्थीको स्वास्थ्य परीक्षण

दोधारा चाँदनी (कञ्चनपुर), १६ साउन । कञ्चनपुरका तीन पालिकाका सामुदायिक विद्यालयमा कक्षा कोठामै विद्यार्थीको स्वास्थ्य परीक्षण हुने गरेको छ ।
सुदूरपश्चिम प्रदेश सरकारको ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम अन्तर्गत कञ्चनपुरका तीन स्थानीय तहमा कक्षा कोठामै विद्यार्थीको नियमित स्वास्थ्य परिक्षण हुने गरेको हो । बलौरी नगरपालिका, लालझाडी गाउँपालिका र बेलडाँडी गाउँपालिकामा ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम सञ्चालनमा आएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख ओमप्रकाश जोशीले जानकारी दिए ।
“विद्यालयमा विद्यार्थीको स्वास्थ्य परिक्षणसँगै सचेतनामुलक कक्षा समेत सञ्चालन गर्दैआएका छौँ”, उनले भने, “यसका लागि एक पालिकामा एक जना स्टाफ नर्स खटिएका छन ।” उनले विद्यालयमा विद्यार्थीको प्राथमिक उपचार र स्वस्थकर खानपिन शिक्षा लगायतका विषयमा कक्षा समेत सञ्चालन हुने गरेको बताए ।
उक्त कार्यक्रम अन्तर्गत लालझाडी गाउँपालिकामा खटिएका स्टाफ नर्स निधि धामीले कक्षा कोठामा विद्यार्थीको आखाँ जाँच, दातको परीक्षण र प्राथमिक उपचार तथा सचेतनामुलक कक्षा सञ्चालन गर्ने गरेको बताए ।
“६ महिनामा एक पटक रक्तअल्पता, ऐनिमिया र प्राथमिक उपचार गर्ने गरेको छु”, स्टाफ नर्स धामीले भने, “उपचार बाहेक विद्यार्थीलाई पोषण सम्बन्धी ज्ञान, महिनावारी, वातावरण सरसफाई, व्याक्तिगत सरसफाई, मानसिक स्वास्थ्य, लागुऔषध र यौन तथा यौनिकताबारे सचेतना कक्षा सञ्चालन हुन्छन ।” यसबाट विद्यार्थीमा सकारात्मक प्रभाव देखिएको उनले बताए ।
“विद्यार्थीले खुलेर आफ्ना समस्या राख्ने गरेका छन्”, स्टाफ नर्स धामीले भने, “प्राथमिक उपचार यहिँ हुन्छ, जाँचका क्रममा ठूलो समस्या देखिए उपचारका लागि पठाउँछौ ।”
सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी जयदेव महराले उक्त कार्यक्रम अन्तर्गत प्रदेशका २८ विद्यालयमा स्टाफ नर्स खटिएका बताए । रासस
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ असार २८, आईतवार १२:२९पोखरा कलेज अफ म्यानेजमेन्टमा विद्यार्थीद्वारा नमुना पत्रकार सम्मेलन, व्यावहारिक सीप विकासमा जोड
खेलकुद२०८३ असार २८, आईतवार ११:०२आज किन कालो पट्टी बाँधेर मैदान उत्रिए अर्जेन्टिनी खेलाडी?
खेलकुद२०८३ असार २७, शनिबार २१:४६आज आमने-सामने हुँदै हालान्ड र केन, कसको खेल कस्तो?
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार २७, शनिबार १३:४८बुद्धनगरमा आत्मदाह प्रयास गरेका राउतकाे आईसीयूमा उपचार हुँदै








